सभामुख घिमिरेद्वारा पूर्व-पश्चिम एसियन राजमार्गको निरीक्षण, भौतिक प्रगति २५ प्रतिशत मात्रै « Khabarhub

सभामुख घिमिरेद्वारा पूर्व-पश्चिम एसियन राजमार्गको निरीक्षण, भौतिक प्रगति २५ प्रतिशत मात्रै


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन पूर्व–पश्चिम एसियन राजमार्गको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा आयोजनाको समग्र निर्माण प्रगति अहिलेसम्म २५ प्रतिशत मात्रै पुगेको पाइएको छ । 

निरीक्षण टोलीले सडक निर्माणको अहिलेको अवस्थामा देखिएका समस्या, ढिलाइका कारण र समाधानका लागि आवश्यक कदमबारे निर्माण पक्षसँग विस्तृत छलफल गरेको छ । साथै समयमै काम सम्पन्न गर्ने योजना र अवरोध हटाउने उपायबारे सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको छ।

नेपाल सरकारको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लबीपुरसम्म ९५ किलोमिटर सडक एसियन राजमार्गको मापदण्डअनुसार स्तरोन्नति भइरहेको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : ४८ बजे

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि