हेटौंडामा सडक संरक्षण सुरु, होटल व्यवसायीलाई नयाँ बुकिङ नराख्न अनुरोध « Khabarhub

हेटौंडामा सडक संरक्षण सुरु, होटल व्यवसायीलाई नयाँ बुकिङ नराख्न अनुरोध


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक डिभिजन हेटौंडाले हेटौंडामा सडक संरक्षण सुरु गर्न लागेको छ  । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म महेन्द्र राजमार्ग र बुद्धचोकदेखि सामरी पुलसम्म त्रिभुवन राजपथको सडक सीमा खाली गराउने काम सुरु हुन लागेको जानकारी दिएको हो । 

सडक डिभिजन हेटौंडाले सो क्षेत्र खाली गराउन मंसिर ५ गते गोरखापत्रमा सूचना प्रकाशित गरिसकेको थियो। अब मंसिर २० गतेदेखि सडक संरक्षण कार्य औपचारिक रूपमा प्रारम्भ गर्ने जनाएको छ।

यसका लागि सडक सीमाभित्र रहेका होटल तथा आवास गृहहरुलाई आजदेखि नयाँ अतिथि नबसाल्न अनुरोध गरिएको छ। डिभिजनले होटल व्यवसायी संघ हेटौंडालाई पत्र पठाउँदै सबै व्यवसायीलाई जानकारी गराउन समेत भनेको छ।

डिभिजनका अनुसार सडकको दिगो संरक्षण र आवश्यक संरचना व्यवस्थापनका लागि सीमा खाली गराउनुपर्ने भएको हो।

उक्त कार्यका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई समेत समन्वयका लागि जानकारी गराइएको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : ५८ बजे

काठमाडौं महानगरले दश वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन

२०४८ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन : को-को छन् अनुसन्धानको राडारमा ?

नेपाल सरकारले पुनः स्थापना भएयता सार्वजनिक पदमा बसेका राजनीतिक नेता,

रविले निवासमै बोलाएर किन भेटे दुई मधेशवादी नेताहरूलाई ?

काठमाडौं- बालेन्द्र शाहलाई प्रधानमन्त्री पद जिम्मा लगाएपछि फुर्सद भएका राष्ट्रिय

लेबनानका स्वास्थ्य केन्द्रहरूमा आक्रमण जारी 

एजेन्सी– लेबनानका स्वास्थ्य केन्द्रहरूमा  निरन्तर आक्रमण निरन्तर जारी रहेको संयुक्त

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच