हेटौंडामा सडक संरक्षण सुरु, होटल व्यवसायीलाई नयाँ बुकिङ नराख्न अनुरोध « Khabarhub

हेटौंडामा सडक संरक्षण सुरु, होटल व्यवसायीलाई नयाँ बुकिङ नराख्न अनुरोध


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक डिभिजन हेटौंडाले हेटौंडामा सडक संरक्षण सुरु गर्न लागेको छ  । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म महेन्द्र राजमार्ग र बुद्धचोकदेखि सामरी पुलसम्म त्रिभुवन राजपथको सडक सीमा खाली गराउने काम सुरु हुन लागेको जानकारी दिएको हो । 

सडक डिभिजन हेटौंडाले सो क्षेत्र खाली गराउन मंसिर ५ गते गोरखापत्रमा सूचना प्रकाशित गरिसकेको थियो। अब मंसिर २० गतेदेखि सडक संरक्षण कार्य औपचारिक रूपमा प्रारम्भ गर्ने जनाएको छ।

यसका लागि सडक सीमाभित्र रहेका होटल तथा आवास गृहहरुलाई आजदेखि नयाँ अतिथि नबसाल्न अनुरोध गरिएको छ। डिभिजनले होटल व्यवसायी संघ हेटौंडालाई पत्र पठाउँदै सबै व्यवसायीलाई जानकारी गराउन समेत भनेको छ।

डिभिजनका अनुसार सडकको दिगो संरक्षण र आवश्यक संरचना व्यवस्थापनका लागि सीमा खाली गराउनुपर्ने भएको हो।

उक्त कार्यका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई समेत समन्वयका लागि जानकारी गराइएको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : ५८ बजे

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ