मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी : स्वास्थ्यमन्त्री « Khabarhub

मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी : स्वास्थ्यमन्त्री


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताएकी छन् ।

तरङ्गीनि फाउण्डेशनले आजदेखि काठमाडौँमा आयोजना गरेको दुईदिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन्स’ मा उनले विज्ञ चिकित्सकको परामर्शसँगै दैनिक जीवनमा योग र ध्यानमा जोड दिनुपर्ने सुझाव दिइन् । 

मन्त्री डा गौतमले मानसिक स्वास्थ्य समस्याकै कारण हरेक वर्ष सात हजार व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्क पेस गर्दै यसको न्यूनीकरणका लागि सरकार, समुदाय र परिवार सँगसँगै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइन् । 

‘तनाव, बेचैनी, एक्लोपन र आफ्नो भावना अभिव्यक्त गर्ने उपयुक्त वातावरण नहुँदा मानिसहरूमा आत्मविश्वास घट्दै गएको छ । आत्मविश्वास नभएपछि जुनसुकै गलत कदम उठाउने जोखिम हुन्छ’, उनले भनिन्, ‘त्यसैकारण सकारात्मक सोचको वृद्धि गर्न सबैको भूमिका अपरिहार्य छ । सरकारले आफू मातहतका निकाय, अस्पतालमार्फत सरल र सहज सेवा प्रवाह, नीतिगत सुधारमार्फत काम गर्न खोजिरहेको छ । अरु सरोकार भएकाहरूले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएर काम गर्न आवश्यक छ ।’

मन्त्री डा गौतमले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर व्यवस्थापकीय र नीतिगत सुधारको काममा लागिरहेको उल्लेख गरिन् ।

त्यसका लागि मातहतका स्वास्थ्य संस्थामा मनोपरामर्श सहायता कक्ष, ‘टेलिभेडिसिन’ सेवामार्फत विदेशमा रहेका श्रमिकहरूलाई पनि परामर्श दिने र स्वास्थ्य नीतिअनुसारका काम तथा सुधारमा आफू लागिरहेको उनले जानकारी दिइन् । 

‘नेपालमा पछिल्लो समय थुप्रै मनोपरामर्श सेवा दिने व्यक्ति तथा संस्थाहरू छन् । विभिन्न शैक्षिक संस्थाले दक्ष जनशक्ति पनि उत्पादन गरिरहेका छन्, तर पर्याप्त दरबन्दी नभएकाले तिनको उपयोग गर्न सकिएको छैन । त्यसैले जनशक्ति व्यवस्थापन, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत सचेतनामूलक सामग्रीको व्यापक प्रचार र मानसिक स्वास्थ्यमा सबैको समान र सहज पहुँच बिस्तारमा दीर्घकालीन नीतिगत काममा लागिरहेका छौँ’, मन्त्री डा गौतमले भनिन् । 

कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा पुष्पराज शर्मा, मनोपरामर्शदाता सुनिता श्रेष्ठलगायतले सामुदायिक मानसिक स्वास्थ्यबारे आफ्नो धारणा राखेका थिए । 

दुई दिनसम्म हुने सम्मेलनमा मानसिक स्वास्थ्य समस्याका कारण, चुनौती, उपचारको अवस्था र समाधानबारे बृहत् छलफल हुने जनाइएको छ । रासस

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १ : ३५ बजे

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा रक्तदान

काठमाडौं– एमालेको ११ औं महाधिवेशनको पुर्वसन्ध्यामा पार्टी कार्यालय च्यासलमा आज

बीमाका लागि पशुको नामसारी अनिवार्य

चितवन– पशु बिक्री गर्दा बीमा नामसारी अनिवार्य गर्न आग्रह गरिएको

‘सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

काठमाडौं– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीले सवारी चालक, सहचालकप्रति

मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक

जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै

धनुषा– मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ