एनपीएल २०२५ : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा, प्लेअफको रोमाञ्चक दौड जारी « Khabarhub

एनपीएल २०२५ : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा, प्लेअफको रोमाञ्चक दौड जारी


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा हालसम्म २४ खेल सकिएका छन् । लिग चरण अन्तिमतिर पुग्दाै गर्दा प्लेअफ समीकरण रोचक बनेको छ ।

हालसम्म सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किङ्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन् । अब बाँकी एक स्थानका लागि पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, चितवन राइनोज र जनकपुर बोल्ट्सबीच रोमाञ्चक प्रतिस्पर्धा जारी छ ।

प्लेअफ प्रवेशका लागि टिमका प्रदर्शनसँगै खेलाडीहरूको योगदान महत्वपूर्ण छ । अहिलेसम्मका खेलहरु हेर्दा ब्याटिङमा विदेशी खेलाडीको दबदबा छ ।

सर्वाधिक रन बनाउनेमा शीर्ष ५ खेलाडीमध्ये ४ जना विदेशी र एक चाहिँ नेपली खेलाडी छन् । हालसम्म प्रतियोगितामा पोखरा एभेन्जर्सका इङ्ग्लिश विकेटकिपर एडम रोसिङटन २५८ रनसहित शीर्ष स्थानमा छन् । उनले कर्णाली याक्सविरुद्ध अविजित १०८ रन बनाउँदै शतक पनि पूरा गरेका छन् ।

त्यसैगरी दोस्रो स्थानमा कर्णाली याक्सका स्कटिश ब्याटर मार्क वाट छन् । उनले पनि शतक बनाएका छन् । उनले लुम्बिनी लायन्सविरुद्ध शतक पूरा गरेका थिए । यस प्रतियोगितामा उनले हालसम्म २४२ रन जोडेका छन् ।

सबैभन्दा धेरै रन बनाउनेमध्ये तेस्रो, चौथो र पाँचौं स्थानमा क्रमशः चितवन राइनोजका रवि बोपारा (२३६), बेन चार्ल्सवर्थ (१९७) र सुदूरपश्चिमका विनोद भण्डारी (१८६) छन् । त्यस्तै प्रियांक पान्चाल, रोहित पौडेल, बसिर अहमद, लोकेश बम र जोन सिम्पसन क्रमशः छैटौंदेखि दशौं स्थानमा छन् ।

बलिङमा भने नेपाली खेलाडीको वर्चश्‍व छ । शीर्ष ५ बलरमध्ये ४ जना नेपाली र एक विदेशी खेलाडी छन् । विराटनगरका कप्तान सन्दीप लामिछाने, सुदूरपश्चिमका अविनाश बोहरा, काठमाडौंका शाहब आलम र करण केसी समान १२–१२ विकेटसहित शीर्ष चारमा छन् ।

काठमाडौंका मिलिन्द कुमारले १० विकेट लिएका छन् । उल्लेखनीय बलिङ प्रदर्शनमा शाहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिए भने सन्दीपको बेस्ट बलिङ ४-११, अविनाशको ४-३०, करण केसीको ४-३० रहेको छ । हालसम्मको प्रदर्शनले ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीहरू अग्रस्थानमा रहेको देखिएको छ ।

प्लेअफमा पुगेका तीन टोली—सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किङ्स स्थिर देखिएका छन् भने बाँकी स्थानका लागि बाँकी चार टोलीबीच प्रतिस्पर्धा अझ रोमाञ्चक बनेको छ । यस संस्करणले खेलाडीहरूको व्यक्तिगत प्रदर्शन र टिमको रणनीति दुबैलाई केन्द्रमा राख्दै दर्शक र क्रिकेट प्रेमीलाई निरन्तर उत्साहित बनाइरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ३ : ४७ बजे

इरान-अमेरिका वार्तामा पाकिस्तानको मध्यस्थतालाई चीनको समर्थन

बेइजिङ- चीनले इरान र अमेरिकाबीच जारी तनाव समाधानका लागि पाकिस्तानसहित अन्य

संसद्‌मा सांसदहरूको माग- यस वर्ष मल अभाव नहोस् 

काठमाडौं– प्रतिनिधिसभाका सांसदले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै

गोप्य अंग सफा गर्न भि-वास प्रयोग गर्नुहुन्छ ? सावधान, यसले हानि पनि पुर्‍याउन सक्छ 

काठमाडौं– पछिल्लो समय धेरै महिलाहरू र किशोरीहरूले भि-वास  प्रयोग गर्दा

उपचारका लागि आर्थिक सहयोग संकलन नगर्न न्यायाधीश श्रेष्ठको आग्रह

 काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोग

नेपाल संस्कृत विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया सुरु  

काठमाडौं– सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिका लागि प्रक्रिया