ललितपुर महानगरद्वारा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मानित « Khabarhub

ललितपुर महानगरद्वारा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मानित


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार देशभर मनाइएको छ ।

हरेक वर्ष डिसेम्बर ५ का दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर नेपालमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइन्छ । 

दिवसका अवसरमा देशभरका विभिन्न स्थानीय तहहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

यसैक्रममा ललितपुर महानगरले पनि महानगरभित्र रहेका वडाका उत्कृष्ट र अवकाश प्राप्त महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई पुरस्कृत तथा सम्मान गरेको थियो ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथले नै महानगरको स्वास्थ्य क्षेत्र उत्कृष्ट भएको बताए । जनताको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन महानगरले स्रोत र साधनको कमि हुन नदिने उनको भनाइ छ । 

स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् । 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ४ : ०२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ