जनकपुरले गुमायो पहिलो विकेट, माज शदाकत ‘कट बिहाइन्ड’ « Khabarhub

जनकपुरले गुमायो पहिलो विकेट, माज शदाकत ‘कट बिहाइन्ड’


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेलमा जनकपुरले पहिलो विकेट गुमाएको छ ।

पहिलो विकेटका रुपमा जनकपुरका माज शदाकत आउट भए । खेलको पहिलो ओभरको पाचौँ बलमा उनी आउट भए । लुम्बिनीका जेजे स्मिटको बलमा उनी ‘कट बिहाइन्ड’ भए ।

आउट हुनुअघि उनले ५ बलमा ६ रन जोडे ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ४ : १४ बजे

प्रतिहजार जनसंख्यामा चिकित्सक र नर्सको संख्या बढ्यो

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको

खानामा नै हुन्छ नेपालीको धेरै खर्च

काठमाडौं– नेपालीको कुल निजी उपभोगमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्य वस्तुमा

भारतले नेपाललाई दियो कैदी बोक्ने १० वटा ट्रक

पर्सा- भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक दिएको

९९ प्रतिशत जनसङ्ख्यामा पुग्यो बिजुली, १ लाख बढी किलोमिटर बन्यो सडक

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म ९९.१ प्रतिशत नेपालीको घरमा बिजुली

चीनले समर्थन गर्दा अमेरिकाले उठायो पाकिस्तानको भूमिकामा प्रश्न

बेइजिङ– इरानसँगको युद्ध टुंग्याउन पाकिस्तानले खेलेको भूमिकाको चीनले प्रशंसा गर्दा