निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गर्न प्रधानमन्त्रीसँग हाम्रो पार्टी नेपालको आग्रह  « Khabarhub

निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गर्न प्रधानमन्त्रीसँग हाम्रो पार्टी नेपालको आग्रह 


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाम्रो पार्टी नेपालले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेट गर्दै दलित समुदायको उचित प्रतिनिधि हुने गरी निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको हो । 

समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेको अध्यक्ष सुनारले बताए ।

प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावयुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताइन् । समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि प्रधानमन्त्री कार्कीले आग्रह गरिन् ।

त्यस्तै उनले सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्वका लागि आफूले प्रयास गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ४ : २० बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको