कृषिमन्त्री परियार र राजदूत छन सोङबीच भेटवार्ता « Khabarhub

कृषिमन्त्री परियार र राजदूत छन सोङबीच भेटवार्ता


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री  डा मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।

त्यस क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउन प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 

मन्त्री डा परियारले आधुनिक, दिगो र जलवायुमैत्री कृषि प्रणाली विकास, उत्पादन वृद्धि तथा द्विपक्षीय व्यापार बिस्तारका लागि चीनको प्राविधिक, संस्थागत र व्यापारिक सहकार्य नेपालका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरे । विभिन्न प्रोटोकल, अवधारणापत्र तथा सहकार्य संयन्त्रहरूको प्रभावकारी कार्यान्वयनका लागि दुवै देशबीच निरन्तर संवाद र साझेदारी आवश्यक रहेको पनि उनले बताए । 

मन्त्री डा परियारले नेपाल–चीन कृषि सहकार्यले नेपाली कृषक, ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय विकासमा प्रत्यक्ष योगदान पुर्‍याउने विश्वास नेपाल सरकारले लिएको धारणा राखे। 

राजदूत सङले कृषि क्षेत्रमा गर्न सकिने सहकार्य, क्षमता अभिवृद्धि, मिश्रित मल उत्पादन, रोगमुक्त भैँसीको मासु निर्यात र कृषि प्रदर्शन पार्क स्थापनाबारे चीन सकारात्मक रहेको बताएका थिए । 

दुवै पक्ष प्राविधिक सहयोग, लगानी र ज्ञान आदानप्रदानको महत्त्वमा जोड दिँदै नेपालको कृषि क्षेत्र सुदृढ पार्न र दिगो विकास प्रवर्द्धन गर्न आवश्यक रहेकामा सहमत भएका छन् । रासस
 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ४ : ४६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको