मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए कृष्णप्रसाद यादव « Khabarhub

मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए कृष्णप्रसाद यादव


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यादवले कांग्रेसहित सात दलका ७७ जना सांसदको हस्ताक्षरसहित शुक्रबार नै प्रदेश प्रमुखसमक्ष कर्णसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री यादवले कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थन पाएका छन् ।

यसअघि बुधबार मात्रै एमाले संसदीय दलका नेता सरोज यादवले बहुमत जुटाउन नसकेपछि २२ दिनमै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनलाई गत कात्तिक २४ गते मुख्यमन्त्री बनाइएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ५ : ५७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको