मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए कृष्णप्रसाद यादव « Khabarhub

मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए कृष्णप्रसाद यादव


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यादवले कांग्रेसहित सात दलका ७७ जना सांसदको हस्ताक्षरसहित शुक्रबार नै प्रदेश प्रमुखसमक्ष कर्णसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री यादवले कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थन पाएका छन् ।

यसअघि बुधबार मात्रै एमाले संसदीय दलका नेता सरोज यादवले बहुमत जुटाउन नसकेपछि २२ दिनमै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनलाई गत कात्तिक २४ गते मुख्यमन्त्री बनाइएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ५ : ५७ बजे

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका