लुम्बिनीले इनिङको पहिलो बलमै गुमायो विकेट « Khabarhub

लुम्बिनीले इनिङको पहिलो बलमै गुमायो विकेट


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा जनकपुरले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी लायन्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा लुम्बिनीले इनिङको पहिलो बलमै विकेट गुमाएको छ । इनिङको पहिलो बलमा लुम्बिनीका सुमित महर्जन आउट भए । उनलाई जनकपुरका सङ्गीथ कुरेले बोल्ड गरे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । जनकपुरका लागि सङ्गीथ कुरेले सर्वाधिक नट आउट ४५ रन बनाए । ३८ बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, मयन यादवले २३ बलमा २७ रन जोडे । त्यस्तै, ओपनर आशिफ शेखले १७ बलमा २० रनको योगदान दिए ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले समान दुई विकेट लिए । त्यसैगरी, रुबेन ट्रम्पलम्यान र जेजे स्मिटले समान एक विकेट लिए । जनकपुर एनपीएलको अंक तालिकाको पुछारमा छ भने लुम्बिनी चौथो स्थानमा छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ क्यानले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपैयाँ राखिएको छ ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ६ : ०० बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार