मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास « Khabarhub

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको भवन निर्माण शिलान्यास गरिएको छ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले धार्मिक वन रहेको वीरेन्द्रनगर नगरपालिका–११ स्थित चारकुने क्षेत्रमा उक्त भवन शिलान्यास गरेका हुन् । 

सो अवसरमा मुख्यमन्त्री कँडेलले मानवसेवा आश्रम चारकुने क्षेत्रको पहिचान देशभरमा जोडिने हुँदा सामुदायिक सहभागिता र सहयोगका लागि आग्रह गरे । उनले मानव सेवास्थल निर्माणले सामाजिक सद्भाव र एकता कायम हुने विश्वास व्यक्त गरे ।

‘वीरेन्द्रनगर चक्रपथ निर्माणको काम प्रक्रियामा रहेको छ र थप कार्यका लाग मैले नियमित पहल गरिरहेको छु’, उनले भने, ‘आश्रमको भवन निर्माणकार्य गुणस्तरीय र निश्चित समयमै सम्पन्न गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दछु । भवन निर्माणका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध छु ।’

सामाजिक विकासमन्त्री भण्डारीले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको स्मरण गर्दै कर्णालीको भूगोलअनुरूप अन्य जिल्लामा समेत आश्रम निर्माण गरिने बताए । 

सरकारी घोषणालाई कार्यान्वयन गर्न सबैको उत्तिकै भूमिका रहेको भन्दै उनले मानवता प्रवर्द्धन र सेवाका निम्ति प्रदेश सरकारले भवन निर्माणजस्ता पूर्वाधार संरचनाका कार्यलाई पनि प्राथमिकतामा राखेको जनाए ।

मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा नवराज केसीले भवन निर्माणका लागि महायज्ञमार्फत दान सङ्कलन गरिएको जनाउँदै यसको सही सदुपयोगका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको बताए । 

आश्रमको भवन निर्माणकार्य निर्धारिता मितिमै सम्पन्न गर्न सरोकारवालाहरूलाई उनले सहयोग गर्न अपिल गरे ।

भवन निर्माणस्थल नजिकैको क्षेत्रमा धार्मिक पार्क निर्माण गरिदिन मुख्यमन्त्री र मन्त्रीलाई आग्रह गर्दै ज्येष्ठ नागरिकका लागि सामुदायिक भावनासहितको मनोरञ्जनात्मकस्थलका रूपमा विकास गर्न सकिने सम्भावना रहेको संयोजक डा केसीको भनाइ थियो । 

उक्त कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रदेश सरकारको सहयोगले सहयोगापेक्षी सडक मानव र मानवता प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

प्रदेश सरकारबाट निर्माण हुने प्रदेश उक्त भवनको लागत अनुमान रु दुई करोड ५० लाख रहेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेश सरकारबाट रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । रासस
 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ६ : १३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ