जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनीविरुद्ध एमालेले दियो प्रहरीमा जाहेरी « Khabarhub

जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनीविरुद्ध एमालेले दियो प्रहरीमा जाहेरी


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयका साथै निजी घरमा आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै नेकपा एमाले मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ । 

शुक्रबार जिल्लास्थीत पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले मोरङले आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्नको नाम, फोटो, भिडियोलगायतका प्रमाणसहित कारबाहीको माग गर्दै जाहेरी दिएको जनाएको हो । 

एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले जेन-जी आन्दोलनको घटनामा भएको क्षतिको छानबिन गर्न एमालेले कार्यदल गठन गरेको र त्यसको प्रतिवेदनको आधारमा जाहेरी दिएको जानकारी दिए । 

जेन-जी आन्दोलनको माग जायज भए पनि भदौ २४ गते आन्दोलनका नाममा घुसपैठ गरी विध्वंस मच्चाउनेलाई कारबाहीसहित क्षतिपूर्तिको समेत माग गरिएको उनले बताए । उनले आगजनी र तोडफोडमा संलग्न आफ्नै कार्यकर्ताहरूलाई पनि पक्राउ र कारबाही गर्न माग गरिएको उल्लेख गरे ।

जेन-जी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालयहरू, विभिन्न व्यक्तिका निजी घर गरी ७६ ठाउँमा आगजनी र तोडफोड गरिएको विवरण संकलन गरिएको छ । 

नेकपा एमाले मोरङले प्रदेश सांसद उमाकान्त गौतमको संयोजकत्वमा ५ सदस्यीय क्षति विवरण संकलन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ६ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै