जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनीविरुद्ध एमालेले दियो प्रहरीमा जाहेरी « Khabarhub

जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनीविरुद्ध एमालेले दियो प्रहरीमा जाहेरी


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयका साथै निजी घरमा आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै नेकपा एमाले मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ । 

शुक्रबार जिल्लास्थीत पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले मोरङले आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्नको नाम, फोटो, भिडियोलगायतका प्रमाणसहित कारबाहीको माग गर्दै जाहेरी दिएको जनाएको हो । 

एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले जेन-जी आन्दोलनको घटनामा भएको क्षतिको छानबिन गर्न एमालेले कार्यदल गठन गरेको र त्यसको प्रतिवेदनको आधारमा जाहेरी दिएको जानकारी दिए । 

जेन-जी आन्दोलनको माग जायज भए पनि भदौ २४ गते आन्दोलनका नाममा घुसपैठ गरी विध्वंस मच्चाउनेलाई कारबाहीसहित क्षतिपूर्तिको समेत माग गरिएको उनले बताए । उनले आगजनी र तोडफोडमा संलग्न आफ्नै कार्यकर्ताहरूलाई पनि पक्राउ र कारबाही गर्न माग गरिएको उल्लेख गरे ।

जेन-जी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालयहरू, विभिन्न व्यक्तिका निजी घर गरी ७६ ठाउँमा आगजनी र तोडफोड गरिएको विवरण संकलन गरिएको छ । 

नेकपा एमाले मोरङले प्रदेश सांसद उमाकान्त गौतमको संयोजकत्वमा ५ सदस्यीय क्षति विवरण संकलन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ६ : १८ बजे

दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा

पाँच महिनाअगावै झोलुङ्गे पुल निर्माण सम्पन्न

गुल्मी– जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो