बालुवाटारको सर्वपक्षीय बैठकमा को को सहभागी छन् ? « Khabarhub

बालुवाटारको सर्वपक्षीय बैठकमा को को सहभागी छन् ?


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले डाकेको राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसहितको सर्वपक्षीय बैठक अहिले जारी छ ।

शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा छलफल भइरहेको छ ।

बैठकमा नेपाल सरकारका मन्त्रीहरू, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत राजनीतिक दलका प्रतिनिधि सहभागी छन् । बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय, सुरक्षा निकायका प्रमुख पनि छन् ।

यो बैठक फागुन २१ गतेको प्रतिनिधिसभा र माघ ११ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै राखिएको हो । निर्वाचन आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

निर्वाचनमा भाग लिन भनी आयोगमा निवेदन दिएका दलहरूले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइसकेका छन् ।

बालुवाटार बैठकमा सहभागी

निर्वाचन आयोगबाट

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी
आयुक्त जानकीकुमारी तुलाधर
आयुक्त सगुनशमशेर राणा
सचिव महादेव पन्थ
सहसचिव नारायण प्रसाद भट्टराई
सहसचिव यज्ञप्रसाद भट्टराई
सहसचिव राजेन्द्रकुमार केसी

दलहरूबाट
गगन थापा, पुष्पा भुसाल (नेपाली कांग्रेस)
शंकर पोखरेल, महेश बर्तौला (नेकपा एमाले)
शक्ति बस्नेत, प्रकाश ज्वाला (नेकपा)
शिशिर खनाल, सोबिता गौतम (रास्वपा)
राजेन्द्र गुरुङ, भुवन पाठक (राप्रपा)
प्रकाश अधिकारी (जसपा नेपाल)
नरेन्द्र चौधरी (जनमत)

सरकारबाट

प्रधानमन्त्री सुशीला कार्की
अर्थमन्त्री रामेश्वर खनाल
गृहमन्त्री ओमप्रकाश अर्याल
कानुनमन्त्री अनिलकुमार सिन्हा

सुरक्षा निकायबाट

अशोक सिग्देल, प्रधानसेनापति
दानबहादुर कार्की, प्रहरी महानिरीक्षक
राजु अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक
टेकेन्द्र कार्की, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ६ : ३० बजे

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौं– नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन (शनिबार

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

काठमाडौं– दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

पेरिस- मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि

समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर– कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री

सुनको मूल्यमा केही गिरावट

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ