लगातार दुई बलमा लुम्बिनीले गुमायो दुई विकेट « Khabarhub

लगातार दुई बलमा लुम्बिनीले गुमायो दुई विकेट


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा जनकपुरले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी लायन्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा लुम्बिनीले दुई बलमा लगातार दुई विकेट गुमाएको छ । १२ औँ ओभरका अन्तिम दुई बलमा मयन यादवले दुई विकेट लिए । खेलको ११ ओभर ५ बलमा लुम्बिनीका कप्तान रोहित पौडेल एलबीडब्लू आउट भएका छन् । आउट हुनुअघि उनले ३२ बलमा ३४ रन जोडे । त्यसलगत्तै ११ ओभर ६ बलमा सन्दीप जोरा पनि एलबीडब्लू आउट भए । उनले खाता खोल्न सकेनन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । जनकपुरका लागि सङ्गीथ कुरेले सर्वाधिक नट आउट ४५ रन बनाए । ३८ बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, मयन यादवले २३ बलमा २७ रन जोडे । त्यस्तै, ओपनर आशिफ शेखले १७ बलमा २० रनको योगदान दिए ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले समान दुई विकेट लिए । त्यसैगरी, रुबेन ट्रम्पलम्यान र जेजे स्मिटले समान एक विकेट लिए । जनकपुर एनपीएलको अंक तालिकाको पुछारमा छ भने लुम्बिनी चौथो स्थानमा छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ क्यानले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ६ : ५० बजे

प्लेअफ पुग्दा उत्साहित छौँः कप्तान पौडेल

काठमाडौं – राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित

सर्वदलीय बैठकमा गृहमन्त्रीले किन मागे माफी ?

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज सरकारी निवास बालुवाटारमा सर्वदलीय छलफल

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की – पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने