गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण « Khabarhub

गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति क्षेत्रस्थित गौरीघाट पुलबाट गुह्येश्वरी जाने सवारीसाधनलाई आवागमनमा रोक लगाएर सिँढी बनाउन सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले पुल निर्माण सकिएपछि सिँढी बनाउन थालेको हो । 

महानगरपालिका सम्पदा तथा पर्यटन समितिको संयोजकसमेत रहेका कामपा–८ का वडाध्यक्ष आशामान संगतले निर्माणका क्रममा सवारी सञ्चालन हुँदा समस्या भएपछि सिँढी निर्माण गर्न लागिएको बताए । “यो अस्थायी संरचना हो । स्थायी सिँढी बनाएर सवारी साधन रोक्नुपरेमा सरोकार भएका सबैसँग छलफल गरी अघि बढ्ने छौँ”, उनले भने ।

सिँढी निर्माणस्थलमा भेटिएका भक्तजन जयराम सापकोटाले यसले गर्दा अशक्त तथा ज्येष्ठ नागरिकलाई गुह्येश्वरी मन्दिर दर्शन गर्न अप्ठ्यारो हुने धारणा राखे । करिब एक वर्षअघि पुल जीर्ण भएर बनाउन सुरु गरिएकामा लामो समय आधुनिक निर्माण सामग्री प्रयोग गरिएको भन्दै रोकिएको थियो ।

पुरातत्व विभागले दिएको निर्देशनअनुसार प्राचीन निर्माण सामग्री प्रयोग गरेर पुल बनाउन महानगरपालिका सहमत भएपछि गत असोजमा पुलको बाहिरी स्वरुप निर्माण सम्पन्न भएको हो । 

पुललाई स्थायी बनाउन अझै काम बाँकी भएकाले सिँढी बनाएर सवारी आवागमन रोकिएको वडा कार्यालयले जनाएको छ ।

विश्व सम्पदा क्षेत्रमा भौतिक संरचना तथा पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने मापदण्ड विपरीत पुल पुनः निर्माण सुरु गरेपछि विभागले पुरानै स्वरूपमा बनाउनुपर्ने भन्दै रोकेको थियो । महानगर पुरानै स्वरूपमा पुल बनाउन सहमत भएपछि पुनः काम सुरु भएको हो । 

यसैबीच, पुरानो पुल भत्काउँदा निकालिएका पुराना इँट्टाको संरक्षण नहुँदा चोरी भएको स्थानीयवासीले बताएका छन् । सुरुमा श्री ५ त्रिभुवन र श्री ३ चन्द्रशम्शेर लेखेको इँट्टा भेटिए पनि पछि त्यहाँ नभेटिएका स्थानीय अर्जुन लामिछानेले जानकारी दिए । ऐतिहासिक एवं पुरातात्त्विक महत्वका ती इँटा कहाँ गए भनेर सरोकार भएका निकायले जवाफ दिनुपर्ने उनको माग छ । 

आगामी दिनमा धार्मिक तथा सांस्कृतिक आस्थाका क्षेत्र, विश्व सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । चोरी भएका पुरातात्त्विक सामग्रीको खोजी गरी राखिनुपर्ने स्थानीयको माग छ । रासस

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : १० बजे

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका