विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग « Khabarhub

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा आज ज्ञापनपत्र बुझाएको छ । 

सो पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा सुरक्षित, गोप्य र सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था मिलाउन आयोगसमक्ष माग गरेको हो ।  

सो पार्टीले विभिन्न कारण नेपाल बाहिर रहेका मतदातालाई मताधिकार सुनिश्चित गर्न लाखौँ नेपाली र देशभित्रै आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपालीले संविधानको धारा ८४ (५) तथा २०७४ साल चैत ७ गते सर्वोच्च अदालतबाट जारी भएको परमादेशअन्तर्गत प्राप्त मतदान अधिकार व्यवहारमा प्रयोग गर्नुपर्ने माग गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । 

पार्टीले भनेको छ, ‘रोजगार, अध्ययन तथा बसोबासको कारण देश बाहिर रहेका लाखौँ नेपाली नागरिक र देशभित्रै मतअधिकारबाट वञ्चित भएका छ्न, उहाँहरुको मतअधिकारको सुनिश्चित गरिनुपर्छ ।’ सरकार र राज्यका सरोकारवाला निकायले आगामी फागुन २१ गते हुने निर्वाचन गतिविधिलाई तीव्रता दिएका छन् । 
 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : ५२ बजे

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ