सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छ : मन्त्री परियार « Khabarhub

सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छ : मन्त्री परियार


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले खेतीयोग्य गाउँकोजस्तै सहरी क्षेत्रको माटो पनि मूल्यवान भएकाले त्यसको संरक्षण एवं गुणस्तर अभिवृद्धि अपरिहार्य रहेको बताएका छन् । 

बाह्रौँ विश्व माटो दिवसका अवसरमा कृषि विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले माटो कृषि उत्पादनको प्रमुख साधन हुनुका साथै सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनको महत्त्वपूर्ण अवयव भएकाले यसको संरक्षणसँगै गुणस्तर अभिवृद्धि गर्नु जरुरी रहेकामा जोड दिए । 

‘खेती हुने गाउँको माटोजस्तै सहरको माटो पनि मूल्यवान छ । त्यसैले यसको संरक्षण एवं गुणस्तर अभिवृद्धि गर्नतर्फ सबै केन्द्रित हुनुपर्ने आवश्यकता छ’, उनले भने ।

मन्त्री परियारले व्यावसायिक र सघन खेती प्रणाली अवलम्बन गरिँदा नेपालको अधिकांश माटो अम्लीय हुन गएको उल्लेख गर्दै विशेषगरी पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको जानकारी दिए । अम्लीय माटोको उर्वराशक्ति घट्न गई उत्पाकत्वमा ह्रास आउने उनको भनाइ छ । 

उत्पादन बढाउन र माटोको संरक्षणका लागि उर्वराशक्ति बढाउनुपर्नेमा जोड दिँदै माटोको सही उपयोगमार्फत दिगो कृषि उत्पादन वृद्धि गर्नुका साथै सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलन गर्नका लागि माटो स्वास्थ बनाउन, सुधार गर्न र संरक्षण गर्न जरुरी रहेको उनले बताए ।

ग्रामीण क्षेत्रमा असन्तुलित रासायनिक मल तथा अत्यधिक विषादीको प्रयोग, अव्यवस्थित खेती गरिनु तथा सहरमा अत्यधिक प्लाष्टिकको प्रयोग, औद्योगिक तथा घरायसी फोहर चुनौतीका रूपमा रहेका मन्त्री परियारले बताए । 

उनले भने, ‘त्यसबाहेक बढ्दो सहरीकरणले खुला क्षेत्र माटो, कङ्क्रिट र सडकले ढाकिँदैछ, जसले माटोको पानी सोस्नुका साथै बिरुवा उमार्ने क्षमता कम हुँदै जान्छ । यही कारणले हाम्रो माटोको गुणस्तरमा ह्रास आएको हो ।’

मन्त्री परियारले नक्सालाई अद्यावधिक गर्ने कार्य भइरहेको बताउँदै त्यसबाट किसानले आफ्नो जमिन र माटोको खाद्यतत्वको अवस्था जानकारी लिई सोबमोजिम सन्तुलित मलखाद प्रयोग गर्नसक्ने बताए ।

मन्त्रालयले सरोकार भएका निकायसँगको समन्वयमा माटो परीक्षण, सन्तुलित मलखाद प्रयोगलगायत विषयमा प्राविधिक तथा किसानको क्षमता अभिवृद्धि गर्ने, रासायनिक र प्राङ्गारिक मलको सही प्रयोग एवं नियमनसम्बन्धी कार्यहरू नियमित गर्दै आएको उनले जानकारी दिए।  
 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : ०० बजे

२०४८ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन : को-को छन् अनुसन्धानको राडारमा ?

नेपाल सरकारले पुनः स्थापना भएयता सार्वजनिक पदमा बसेका राजनीतिक नेता,

रविले निवासमै बोलाएर किन भेटे दुई मधेशवादी नेताहरूलाई ?

काठमाडौं- बालेन्द्र शाहलाई प्रधानमन्त्री पद जिम्मा लगाएपछि फुर्सद भएका राष्ट्रिय

लेबनानका स्वास्थ्य केन्द्रहरूमा आक्रमण जारी 

एजेन्सी– लेबनानका स्वास्थ्य केन्द्रहरूमा  निरन्तर आक्रमण निरन्तर जारी रहेको संयुक्त

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् ।