सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा « Khabarhub

सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान सरकारले धारणा सार्वजनिक गर्नुपर्ने माग दोहोर्याएको छ।

रास्वपाका नेतृ सोविता गौतम र नेता शिशिर खनालले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागी हुँदै लामिछानेमाथि भएको भनिने ‘प्रतिशोध’का विषयमा सरकारसँग उत्तर मागिएको जानकारी गराए।

नेतृ गौतमका अनुसार, अहिलेको सरकारले गठन हुनुअघि नै वर्तमान मन्त्रिमण्डलका कतिपय सदस्यहरूले रवि लामिछानेमाथि प्रतिशोध भएको धारणा व्यक्त गरेका थिए। त्यो टिप्पणीकै आधारमा सरकारको आधिकारिक धारणा अहिले पनि अस्पष्ट रहेको भन्दै उनले प्रश्न दोहोर्याइन्।

उनले भनिन्, ‘हामीले यो विषय औपचारिक र अनौपचारिक दुबै छलफलमा उठाइसकेका छौँ। अहिलेका मन्त्रीहरूले सरकार बन्नुअघि नै ‘प्रतिशोध भयो’ भन्ने टिप्पणी गर्नुभएको छ। अब सरकार कहाँसम्म प्रतिशोध भयो भनेर देख्छ—त्यो स्पष्ट भन्नुपर्ने हुन्छ।’

गौतमले भनिन्, ‘यदि सरकारलाई लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको ठानिएको छ भने कानुनी दृष्टिले त्यसलाइ कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट मार्ग पनि सरकारले देखाउनुपर्ने आवश्यकता छ।’

रास्वपा नेताहरूले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकार गम्भीरतापूर्वक लाग्नुपर्ने र पार्टी आन्तरिक रूपमा निर्वाचन तयारीमा केन्द्रित रहेको पनि बैठकमा बताए।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : ३२ बजे

बालुवाटारमा गगनले भने: जेन-जीको नाममा दिनदिनै आउने धम्की सहन सकिँदैन

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जीको नाममा राजनीतिक दलमाथि

प्लेअफ पुग्दा उत्साहित छौँः कप्तान पौडेल

काठमाडौं – राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित

सर्वदलीय बैठकमा गृहमन्त्रीले किन मागे माफी ?

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज सरकारी निवास बालुवाटारमा सर्वदलीय छलफल

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की – पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस