रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते « Khabarhub

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते भएका छन्।

जिल्लाको चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिक रहेको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार अपराह्न बस र मोटरसाइकल आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा उक्त घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिकापुरले जनाएको छ।

दुर्घटनामा परी जिल्लाको वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेललाई चिकित्सकको मृत्यु भएको छ।

दुर्घटनापछि घाइते भएकाहरूलाई तत्काल चन्द्रपुस्थित चन्द्रपुर प्रालि अस्पतालमा उपचारका लागि पठाइएको थियो।

उपचारकै क्रममा साँझ सवा ५ बजेतिर चिकित्सकले पटेललाई मृत घोषणा गरेको थियो। मृत्यु पटेलले नै चलाएको मोटरसाइकलमा सवार उनका तीन बालबालिका घाइते भएको छ।

घाइते हुनेमा १२ वर्षीय युवराज पटेल ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्सकुमार पटेल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ।

घटनापछि बस चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ९ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै