रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते « Khabarhub

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते भएका छन्।

जिल्लाको चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिक रहेको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार अपराह्न बस र मोटरसाइकल आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा उक्त घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिकापुरले जनाएको छ।

दुर्घटनामा परी जिल्लाको वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेललाई चिकित्सकको मृत्यु भएको छ।

दुर्घटनापछि घाइते भएकाहरूलाई तत्काल चन्द्रपुस्थित चन्द्रपुर प्रालि अस्पतालमा उपचारका लागि पठाइएको थियो।

उपचारकै क्रममा साँझ सवा ५ बजेतिर चिकित्सकले पटेललाई मृत घोषणा गरेको थियो। मृत्यु पटेलले नै चलाएको मोटरसाइकलमा सवार उनका तीन बालबालिका घाइते भएको छ।

घाइते हुनेमा १२ वर्षीय युवराज पटेल ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्सकुमार पटेल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ।

घटनापछि बस चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ९ : ११ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२