सर्वदलीय बैठकमा गृहमन्त्रीले किन मागे माफी ? « Khabarhub

सर्वदलीय बैठकमा गृहमन्त्रीले किन मागे माफी ?


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज सरकारी निवास बालुवाटारमा सर्वदलीय छलफल गरिन्। निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमसँग नजिक भएर छलफल भएको सहभागी नेताहरूले बताएका छन्।

आजको बैठकमा छलफलकै क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र राप्रपाका महामन्त्री भुवन पाठकबीच नोकझोक नै चल्यो।

अर्यालले सुरक्षा चुनौतीको विषयमा कुरा उठाउने क्रममा राजावादी र हिन्दूवादी दलहरू पनि निर्वाचनका लागि चुनौती भएको ब्रिफिङ गरेपछि विवाद सुरु भएको थियो। गृहमन्त्री अर्यालको उक्त भनाइलाई लिएर पाठकले प्रश्न उठाए।

छलफलमा सहभागी एक नेताले भने, ‘गृहमन्त्रीको उक्त अभिव्यक्तिपछि राप्रपाका महामन्त्री पाठकले आपत्ति जनाउनु भयो। तपाईँले के भन्न खोज्नु भएको हो? भन्दै गृहमन्त्रीमाथि उहाँले निरन्तर प्रश्न गर्नुभयो।’

पाठकले निरन्तर प्रश्न गरेपछि अर्यालले माफी मागेका थिए। ‘आफ्नो अभिव्यक्तिलाई लिएर राप्रपाले प्रश्न उठाइरहेपछि गृहमन्त्रीले माफी नै माग्नुभयो,’ ती नेताले भने, ‘मैले दललाई इङ्गित गर्न खोजेको होइन। बोल्दा खेरी गल्ती भएछ सरी भनेर गृहमन्त्रीले भन्नुभयो।’

राप्रपाले पनि शान्ति सुरक्षा नभएको अवस्थामा कसरी चुनाव हुन्छ भन्दै प्रश्न उठाएको थियो। ‘तपाईंहरूले केही समस्या नै छैन भनेजस्तै गर्नुभयो। यहाँ त साइबर अट्याकसम्म समस्या छ’ राप्रपाले बैठकमा भनेको थियो, ‘निर्वाचन आयोग र सुरक्षाले ठिक छ भन्दैमा वातावरण चुनावकेन्द्रित छैन।’

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ९ : ४३ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान