सर्वदलीय बैठकमा गृहमन्त्रीले किन मागे माफी ? « Khabarhub

सर्वदलीय बैठकमा गृहमन्त्रीले किन मागे माफी ?


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज सरकारी निवास बालुवाटारमा सर्वदलीय छलफल गरिन्। निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमसँग नजिक भएर छलफल भएको सहभागी नेताहरूले बताएका छन्।

आजको बैठकमा छलफलकै क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र राप्रपाका महामन्त्री भुवन पाठकबीच नोकझोक नै चल्यो।

अर्यालले सुरक्षा चुनौतीको विषयमा कुरा उठाउने क्रममा राजावादी र हिन्दूवादी दलहरू पनि निर्वाचनका लागि चुनौती भएको ब्रिफिङ गरेपछि विवाद सुरु भएको थियो। गृहमन्त्री अर्यालको उक्त भनाइलाई लिएर पाठकले प्रश्न उठाए।

छलफलमा सहभागी एक नेताले भने, ‘गृहमन्त्रीको उक्त अभिव्यक्तिपछि राप्रपाका महामन्त्री पाठकले आपत्ति जनाउनु भयो। तपाईँले के भन्न खोज्नु भएको हो? भन्दै गृहमन्त्रीमाथि उहाँले निरन्तर प्रश्न गर्नुभयो।’

पाठकले निरन्तर प्रश्न गरेपछि अर्यालले माफी मागेका थिए। ‘आफ्नो अभिव्यक्तिलाई लिएर राप्रपाले प्रश्न उठाइरहेपछि गृहमन्त्रीले माफी नै माग्नुभयो,’ ती नेताले भने, ‘मैले दललाई इङ्गित गर्न खोजेको होइन। बोल्दा खेरी गल्ती भएछ सरी भनेर गृहमन्त्रीले भन्नुभयो।’

राप्रपाले पनि शान्ति सुरक्षा नभएको अवस्थामा कसरी चुनाव हुन्छ भन्दै प्रश्न उठाएको थियो। ‘तपाईंहरूले केही समस्या नै छैन भनेजस्तै गर्नुभयो। यहाँ त साइबर अट्याकसम्म समस्या छ’ राप्रपाले बैठकमा भनेको थियो, ‘निर्वाचन आयोग र सुरक्षाले ठिक छ भन्दैमा वातावरण चुनावकेन्द्रित छैन।’

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ९ : ४३ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले