प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन « Khabarhub

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्य नभागेको र नभाग्ने पनि बताएका छन् ।

आज भक्तपुर जिल्ला कमिटीद्वारा ११औँ राष्ट्रिय महाधिवशनको सन्दर्भमा आयोजित जिल्ला भेलामा उहाँले एमाले लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनसँग नभाग्ने बताउँदै भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उपमहासचिव ज्ञवालीले भने, ‘एमाले निर्वाचनबाट कहिल्यै भागेन र आगामी दिनमा पनि भाग्दैन । कसले चुनाव गराउँछ भन्ने सरकोरभन्दा पनि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा एमालेले जोड दिन्छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनताले निधक्क भएर मतदान गर्न सक्ने अवस्था र वातावरण तयार हुनुपर्छ ।’

महाधिवेशन सकिएपछि आगामी पुस १ गतेदेखि देशको राजनीतिक बाटोको खाका खुल्ने दाबी गर्दै उनले महाधिवेशनबाट आएको परिणामलाई स्विकार्दै एमाले एक ढिक्का र एकताबद्ध भएर पार्टी, देश, लोकतन्त्र, संविधान र राष्ट्रियता जोगाउन अग्रस्थानमा रहेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरू सोम मिश्र, निर्मल भट्टराई, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापालगायतले महाधिवेशन भव्य र सव्य रूपमा सम्पन्न गर्नेगरी तयारी भइरहेको बताएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १० : १५ बजे

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

तेहरान- इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

मकवानपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना

नुवाकोट- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले

प्रकाशशरण महतको चुनावी प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले

तनहुँ–१ मा चुनावी सरगर्मी, १६ उम्मेदवार मैदानमा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै