बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ « Khabarhub

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन नहुने ठोकुवा गरेको छ। शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वदलीय बैठकलाई एमाले महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन्।

उनले ‘नहुने चुनावबारे छलफल गरेर किन समय खेर फाल्नु’ भन्दै प्रधानमन्त्रीलाई नै प्रश्न गरेका थिए। दलहरूलाई बाहिर निस्केर जनतासामु पुग्ने वातावरण बनाउन नसकेको सरकारले चुनाव गर्न नसक्ने उनको टिप्पणी थियो। केही समयअघि बाराको सिमरामा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पार्टीको कार्यक्रममा सहभागी हुनै नदिने गरी जेनजी प्रदर्शन गरिएकोबारे पनि उनले प्रश्न उठाए।

‘एमालेले सिमरा घटनाको प्रसङ्ग निकाल्दै कफ्र्यु लागेको र सुरक्षा निकायले पनि सरेन्डर गरेको भन्दै नहुने निर्वाचनको विषयमा किन छलफल गर्नुप¥यो भन्यो‚’ ती नेताले भने‚ ‘दलहरूले गतिविधि गर्न पाएका छैनन् । चुनावको वातावरण छैन अनि कसरी हुन्छ चुनाव भन्दै महासचिव पोखरेल बैठकमा बोले।’

एमालेले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद तोक्ने विषयमा पनि कडा आपत्ति जनाएको थिया। ‘प्रमुख दलको अध्यक्षलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोजेको हो?’ महासचिव पोखरेलको प्रश्न थियो।

बैठकमा एमालेले विदेशबाट मतदान गर्ने विषयलाई पनि स्वीकार गर्न नसक्ने स्पष्ट पारेको छ। बाहिरी भोटिङको विश्वसनीयता र वैधता माथि एमालेले प्रश्न उठायो। महासचिव पोखरेलले अहिलेको चुनावमा विदेशबाट मतदान गर्ने विषय सम्भव नहुने बताएका थिए।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १० : ५३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको