‘पुष्पा–२’को आक्रमक व्यापार : बन्यो सबैभन्दा बढी कमाउने भारतीय फिल्म « Khabarhub

‘पुष्पा–२’को आक्रमक व्यापार : बन्यो सबैभन्दा बढी कमाउने भारतीय फिल्म


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेलगु नायक अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा–२’ले भारतीयक बक्स अफिसमा कीर्तिमान राख्ने क्रम जारी छ ।

प्रदर्शनको तेस्रो साता हिन्दी भाषामा मात्रै यस फिल्मले ७२४ करोड भारु व्यापार गरेर कीर्तिमान राखेको थियो । यसअघि कुनै पनि भारतीय फिल्मले हिन्दी भाषामा मात्रै ७०० करोडको व्यापार गरेका थिएनन् ।

प्रदर्शनको ३१ औं दिनमा अर्थात शनिबारसम्म आइपुग्दा पनि यस फिल्मको व्यावार आक्रमक छ । अहिलेसम्म यस फिल्मले भारतीय बजारमा मात्रै ११९९ करोड भारुको व्यापार गरेको छ । यससँगै ‘पुष्पा–२’ सबैभन्दा सबैभन्दा बढी व्यापार गर्ने भारतीय फिल्म बनेको हो ।

यसअघि सबैभन्दा बढी व्यापार गर्ने भारतीय फिल्मको कीर्तिमान तेलगु स्टार प्रभाष केन्द्रीय भूमिकामा रहेको ‘बहुबली–२’ थियो । यस फिल्मले हिन्दी भाषामा ५१० करोड र भारतमा मात्रै १०३० करोड भारु व्यापार गरेको थियो ।

विश्वबजारमा सबैभन्दा बढी व्यापारको कीर्तिमान भने अझै ‘बहुबली–२’कै छ । यो फिल्मले विश्वव्यापीरुपमा १७८८ करोड व्यापार गरेको थियो ।

बहुबली– २ को विश्वव्यापी रकेर्ड तोड्न पनि पुष्पा–२ एकदमै नजिक छ । पुष्पा–२ले थप ९० करोड ग्रस कलेक्सन गरेको अवस्था बहुबली–२ को रेकर्ड ब्रेक हुन्छ ।

गत डिसेम्बर ५ बाट प्रदर्शनमा आएको पुष्षा २ मा अल्लु अर्जुन र रश्मिका मन्दाना केन्द्रीय भूमिकामा छन् । यस फिल्मको निर्देशक सुकुमार हुन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : १८ बजे

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु