माओवादी केन्द्रीय समिति बैठकमा आज सदस्यहरुले धारणा राख्ने | Khabarhub Khabarhub

माओवादी केन्द्रीय समिति बैठकमा आज सदस्यहरुले धारणा राख्ने


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोबाट काठमाडौंको धुम्बाराहीस्थित एक ब्याङ्केटमा सुरु भएको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रत्येक सदस्यलाई धारणा राख्न तीन मिनेटको समय निर्धारण गरिएको छ ।

बैठकको पहिलो दिन आइतबार अध्यक्ष ष्ुष्पकमल दाहाल ‘प्रचण्ड’ले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको सांगठनिक तथा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

उनले प्रतिवेदनमा बृहत् वामपन्थी एकतलाई प्राथामिकता दिने योजना ल्याएका छन् ।

प्रचण्डले आगामी फागुन १ गतेदेखि एक महिना तराई–मधेश जागरण अभियान चलाउने बताएका छन् । उनले हुलाकी राजमार्गलाई आधारित बनाएर अर्को एक महिने अभियान चलाउन प्रस्ताव पनि गरेका छन् ।

प्रचण्डले सम्बोधनका क्रममा माओवादी केन्द्रीय समितिको आकार ठूलो भएकोमा चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ७ : ३२ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास