गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा  « Khabarhub

गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा 


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा नगरपालिकाले ‘गोरखा भ्रमण वर्ष २०२५’ सफल बनाउन विभिन्न कार्यतालिका सार्वजनिक गरेको छ । नगरपालिकाले गोरखा भ्रमण वर्षमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि विभिन्न ३२ योजनासहितको कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अन्तर्गत गोरखामा ऐतिहासिक, धार्मिक तथा खेल क्षेत्रको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि देशभरका सातवटै प्रदेशमा ‘जाउँ है गोरखा कार्यक्रम’देखि लिएर प्रदेशस्तरीय खेलकुद प्रतियोगितासमेतको आयोजना गर्न लागिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।

‘गोरखालाई धार्मिक, ऐतिहासिक तथा खेल क्षेत्रसँग जोडेर यहाँको पर्यटनको विकासका लागि नगरपालिकाले नयाँनयाँ योजनाको थालनी गर्न लागेको हो, उनले भने, ‘अब पर्यटकलाई गोरखा घुम्न आउनका लागि प्रोत्साहित गर्छौँ ।’

गोरखा घुम्न आउने पर्यटकलाई लक्षित गरेर नगरपालिकाले नगरभित्रका ५६ वटा धार्मिक एवं पर्यटकीयस्थलको पहिचान गरेर ‘बुकलेट’समेत तयार पारेको नगरप्रमुख रानामगरले जानकारी दिए । आँबुखैरेनी हुँदै गोरखा प्रवेश गर्ने पर्यटकका लागि पर्यटकीयस्थल पुग्ने बाटोको सूचना दिन क्यूआर कोडसहितको ‘स्टे«ट नम्बर’ राख्ने तयारी नगरपालिकाले गरेको छ ।

‘क्यूआर स्क्यान गरेपछि पर्यटकले सम्बन्धित पर्यटकीयस्थल र त्यसको महत्वका बारेमा सजिलै थाहा पाउन सक्छन्, उनले भने, ‘आउँदो माघ महिनाभित्रमा यो काम सम्पन्न गर्ने नगरपालिकाको कार्य योजना छ ।’ त्यस्तै पर्यटकलाई जिल्ला पर्यटकीयस्थलको जानकारी दिने सदरमुकामस्थित बसपार्क नजिकै रहेको बहुउद्देश्यीय भवनमा नगरपालिकाले सूचना केन्द्र स्थापना गर्ने योजना बनाएको छ ।

नगरपालिकाले धार्मिक पर्यटक भित्र्याउनका लागि गोरखामा विश्वनाथ योगीको सम्मेलन गर्ने, गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्ने, रोड महोत्सव तथा शान्ति पदयात्रा कार्यक्रम गर्ने, काठमाडौं, पोखरा, लुम्बिनी, बन्दीपुर सौराहलगायतका स्थानमा पर्यटन सञ्जाल गठन गर्ने कार्यतालिकामा उल्लेख गरेको छ ।

नगरपालिकाले गोरखा भ्रमण वर्ष सफल बनाउनका लागि होटल व्यवसायी सङ्घको आयोजनामा पर्यटन व्यवसायीको भेला, नगरपालिकामा गण्डकी प्रदेशस्तरीय न्यायिक भेला २०८१,  पर्यटनसम्बन्धी छलफललगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ११ : २९ बजे

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक