गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश « Khabarhub

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले ’अन्तर्राष्ट्रिय कानून विपरित छापा मारेको  युएनआरडब्लुएका आयुक्त–जनरल फिलिप लाजारिनीले बताएका छन् ।

लाजारिनीले सामाजिक सञ्जाल एक्समा इजरायली सेनाहरू पूर्वी जेरुसेलमको युएनआरडब्लुए र संयुक्त राष्ट्रको परिसर भित्र प्रवेश गरी स्वास्थ्य केन्द्र बन्द गर्ने आदेश दिएको बताएका छन् । 

प्यालेस्टिनी शरणार्थीहरूलाई प्राथमिक स्वास्थ्य सेवामा पहुँचबाट वञ्चित गर्दै इजरायली सेनाले स्वास्थ्य केन्द्रहरुलाई ३० दिनका लागि बन्द गर्न आदेश दिएको उनले बताए ।  

यसैबिच युएनआरडब्लुएले उपलब्द गराएका सुविधाहरूमा पानी र बिजुली आपूर्ति समेत–आउँदो हप्ता देखि कटौती हुने सुचना जारी गरीएको लाजारिनीले उल्लेख गरेका छन् । 

प्यालेस्टिनी शरणार्थी विरोधी यो कदम गत डिसेम्बरमा इजरायली संसदले पारित गरेको कानूनको प्रत्यक्ष परिणाम भएको जनाइएको छ । जसले सन् २०२४ मा अपनाइएका विद्यमान युएनआरडब्लुए विरोधी कानूनहरूलाई बढावा दिएको लाजारिनीले बताए । 

पछिल्लो अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) को फैसलाले अधिकारीहरू अन्तर्राष्ट्रिय कानून अन्तर्गत युएनआरडब्लुएको सञ्चालनलाई सहज बनाउन बाध्य रहेको उल्लेख गरेको छ । 
 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १२ : ३४ बजे

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा

सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको