यस पटक भएन सामूहिक छलफल, हरेक केन्द्रीय सदस्यले तीन मिनेट बोल्दै « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक

यस पटक भएन सामूहिक छलफल, हरेक केन्द्रीय सदस्यले तीन मिनेट बोल्दै


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं केन्द्रीय समिति बैठक दोस्रो दिन ललितपुरको च्यासलस्थित कार्यालयमा सुरु भएको छ ।

१० महिनापछि बसेको बैठकको दोस्रो दिन सोमबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।

दस्तावेजहरूमाथि यसअघि गरिने सामूहिक छलफलको परम्परा तोड्दै एमालेले यस पटक नयाँ अभ्यास गरेको छ । उसले यस पटक ओलीले बैठकमा प्रस्तुत गरेको ४७ पृष्ठ लामो प्रतिवेदनबारे र अन्य विषयमा हरेक केन्द्रीय सदस्यलाई बोल्न तीन मिनेट समय दिएको छ ।

यस पटक ओलीको राजनीतिक प्रतिवेदन र अर्को सांगठानिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिइएको हो । प्रतिवेदनसहित समसामयिक विषयमा केन्द्रीय सदस्यलाई बोल्न तीन मिनेटको समय दिइएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

ओलीको राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका छन् ।

एमालेको बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी रहेका छन् । बैठक सकेसम्म सोमबार नै सक्ने तयारी छ । यदि नसकिएमा मंगलबार टुंग्याउने गरी एमालेले छलफल अघि बढाएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक २०८० फागुनमा बसेयता बस्न सकेको थिएन । २०८१ असार ३० गते ओली प्रधानमन्त्री बनेयता यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।

ओलीले सरकार बनेयताको अवधि र नेपाली कांग्रेससँगको सत्ता सहकार्यबारे पनि समीक्षात्मक प्रतिवेदन पेश गरिसकेका छन् ।

ओलीको प्रतिवेदनमा गठबन्धन सरकार, सरकार बनेयताको ६ महिने उपलब्धि र आगामी दिनका कामबारे उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १२ : १७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको