हमासले संघर्षविराम सम्झौताअन्तर्गत ३४ बन्धकलाई रिहा गर्ने « Khabarhub

हमासले संघर्षविराम सम्झौताअन्तर्गत ३४ बन्धकलाई रिहा गर्ने


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलमा सशस्त्र संघर्ष गर्दै आएको हमास समूह गाजा संघर्षविराम सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको छ । 

बीबीसीको हिन्दी अनलाइन संस्करणले हमासका एक वरिष्ठ अधिकारीले रिहा गरिने ३४ जना बन्धकहरूको सूची बीबीसीलाई उपलब्ध गराएको छ । 

हमासले उपलब्ध गराएको बन्धकहरूको सूचीमा १० महिला र ५० देखि ८५ वर्षसम्मका ११ बन्धक छन् । जसमा केही युवासमेत रहेका बीबीसीले जनाएको छ । 

बीबीसीका अनुसार यसअघि हमासले ती युवा इजरायलको हवाई आक्रमणमा मारिएका दाबी गरेको थियो । हमासले सूचीमा नाम उल्लेख गरिएका बन्धकहरूमध्ये कयौँ बन्धक बिरामी छन् । 

यद्यपि, इजराइली प्रधानमन्त्री बेज्यामिन नेतन्याहुको कार्यालयले हमासका तर्फबाट बन्धकहरूको सूची अहिलेसम्म उपलब्ध नगराइएको जनाएको छ । 

यसअघि इजरायलले युद्ध विराम र बन्धकहरूको रिहाई सम्झौताका लागि कतारमा फेरि वार्ता सुरु भएको जानकारी दिएको थियो ।-बीबीसीबाट

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १ : ०० बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५