हमासले संघर्षविराम सम्झौताअन्तर्गत ३४ बन्धकलाई रिहा गर्ने « Khabarhub

हमासले संघर्षविराम सम्झौताअन्तर्गत ३४ बन्धकलाई रिहा गर्ने


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलमा सशस्त्र संघर्ष गर्दै आएको हमास समूह गाजा संघर्षविराम सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको छ । 

बीबीसीको हिन्दी अनलाइन संस्करणले हमासका एक वरिष्ठ अधिकारीले रिहा गरिने ३४ जना बन्धकहरूको सूची बीबीसीलाई उपलब्ध गराएको छ । 

हमासले उपलब्ध गराएको बन्धकहरूको सूचीमा १० महिला र ५० देखि ८५ वर्षसम्मका ११ बन्धक छन् । जसमा केही युवासमेत रहेका बीबीसीले जनाएको छ । 

बीबीसीका अनुसार यसअघि हमासले ती युवा इजरायलको हवाई आक्रमणमा मारिएका दाबी गरेको थियो । हमासले सूचीमा नाम उल्लेख गरिएका बन्धकहरूमध्ये कयौँ बन्धक बिरामी छन् । 

यद्यपि, इजराइली प्रधानमन्त्री बेज्यामिन नेतन्याहुको कार्यालयले हमासका तर्फबाट बन्धकहरूको सूची अहिलेसम्म उपलब्ध नगराइएको जनाएको छ । 

यसअघि इजरायलले युद्ध विराम र बन्धकहरूको रिहाई सम्झौताका लागि कतारमा फेरि वार्ता सुरु भएको जानकारी दिएको थियो ।-बीबीसीबाट

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १ : ०० बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं