चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो  « Khabarhub

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो 


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । 

जानकारी अनुसार आठ महिनाकी बालिकामा यो संक्रमण देखिएको हो । राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ । ती बच्चा भारत बाहिर कतै गएका थिएनन् ।

कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराएको भनेको छ । चीनमा एचपीएमभी भाइरस सुरु भएदेखि नै भारत सरकार अलर्ट मोडमा छ । महाराष्ट्रको स्वास्थ्य विभाग अलर्टमा छ । 

केरला र तेलंगानाका सरकारले पनि चीनमा भाइरल ज्वरो र श्वासप्रश्वासको संक्रमण ठूलो मात्रामा फैलिएको समाचारलाई नजिकबाट नियालिरहेको र अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताइरहेको छ । 

रुघाखोकीका बिरामीको नियमित सर्भे गर्न अधिकारीहरूलाई निर्देशन दिइएको छ । सरसफाइको नियम पालना गर्न पनि निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १ : ०९ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक