ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल सिंहदरबारबाट पक्राउ « Khabarhub

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल सिंहदरबारबाट पक्राउ


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने मार्गबारे भारत-चीन सहमतिविरुद्ध धर्ना बसेका ग्रेटर नेपालका संयोजक फनिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार मध्यान्हदेखि धर्नाका लागि सिंहदरबारको दक्षिण ढोकामा धर्ना दिएका उनलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले धरपकडसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । नेपालले लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि भारतीय ज्यादतिविरुद्ध भन्दै धर्ना बसेका थिए ।

चीन र भारतले मानसरोवर जाने मार्गका रुपमा लिपुलेक प्रयोग गर्ने सहमति नेपाल मौन बसेको भन्दै नेपालले विरोध गर्दै आएका छन् ।

नेपाल सरकारले पनि गैरजिम्मेवार अभिव्यक्ति दिएर झन् झन् मौन बसेकोमा उनले आपत्ति जनाएका थिए । उनले यस प्रकरणमा मौन बसेमा नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुने बताएका छन् ।

सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न नागरिक तहबाट सरकारको विरोधका लागि उनले धर्नामा बसेको बताएका थिए । उनी ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको तर्फबाट सोमबार मध्यान्ह १२ बजेदेखि ४ बजेसम्मलाई धर्ना बस्न पुगेका थिए । तर प्रहरीले तत्कालै पक्राउ गरेर लगेको हो ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  २ : १८ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६