भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो « Khabarhub

भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी बुद्ध एयरको एउटा जहाज सोमबार ठूलो दुर्घटनाबाट जोगिएको छ।

काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको जहाज बीच बाटोमा पुगेपछि एउटा इन्जिनमा फ्लेम आउट (आगो देखिनु) भएपछि आपत्‍कालीन रुपमा त्रिभुवन विमानस्थलमा फर्काइएको हो ।

अल्फा जुलियट सियरा (एजेएस) कलसाइनको उक्त जहाजले त्रिभुवन विमानस्थलबाट उडिसकेपछि बायाँतर्फको इन्जिनतर्फ फ्लेम आउट भएर फेल भएको थियो ।

उक्त जहाजलाई आपत्कालीन अवतरण गराउनुपरेपछि अन्य जहाजका यात्रुलाई रोकेर होल्ड गरिएको थियो ।

सोमबार बिहान १० बजेर ३७ मिनेटमा काठमाडौंबाट ७२ यात्रु र ४ जना चालक दलका सदस्यसहित बुद्ध एयरको उडान नम्बर बीएचए९५३ जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्ध जगन्नाथ निरौलाका अनुसार उक्त जहाज काठमाडौंदेखि ४३ नटिकल माइल पूर्व पुग्दा बायाँ इन्जिनमा फ्लेम आउट हुन पुगेको थियो । त्यसपछि उक्त जहाज सिंगल इन्जिन हुँदा आपत्कालीन अवस्था घोषणा गरी काठमाडौंतर्फ फर्काइएको उनले बताए ।

त्यसपछि प्राधिकरणको भाषामा गुराँस बिन्दुबाट भीओआर एप्रोच गरी जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ बजेर १५ मिनेटमा सुरक्षित अवतरण गराइएको निरौलाले बताएका छन् । निरौलाका अनुसार बायाँ इन्जिन फेल भएको उक्त जहाजका यात्रु र चालक दलका सबै सदस्य सुरक्षित छन् ।

प्राधिकरणले विमानको इन्जिनमा आगो लागेकोबारेमा जाँच गर्ने भएको छ। फर्काइएका यात्रुलाई अर्को जहाजबाट भद्रपुर पठाइसकिएको छ ।

के हो भीओआर ल्यान्डिङ ?

प्राविधिकहरूका अनुसार भेरी हाई फ्रिक्वेन्सी ओम्निडाइरेक्शनल रेन्ज (भीओआर) ल्यान्डिङ पाइलटका लागि ग्राउन्ड बेस्ड रेडियो स्टेशनबाट सिग्नल लिएर हवाईजहाजलाई नेभिगेट गरेर अवतरण गराउने एक प्रक्रिया हो ।

यसबाट पाइलटलाई रनवेसँगै विमानलाई लाइनमा लगाउन पनि सहयोग मिल्छ । यो अवतरण जब सहयोगी सावित हुन्छ तब पाइलटले रनवेलाई प्रष्टसँग देख्न सक्दैनन् । यस तरिकाको अवतरणलाई म्यानुअल ल्यान्डिङ पनि भनिन्छ । यो तरिकाको अवतरणलाई प्रायजसो सुरक्षित मानिन्छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ०५ बजे

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक