बंगलादेशमा हसिना शासनकालका पूर्वप्रहरी महानिरीक्षक पक्राउ « Khabarhub

बंगलादेशमा हसिना शासनकालका पूर्वप्रहरी महानिरीक्षक पक्राउ


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

ढाका– शेख हसिना कालका बंगलादेशका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् । पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार्थी आन्दोलनका क्रममा सब्बीर हुसेनको उत्तरा पश्चिम प्रहरी चौकीमा भएको हत्या प्रकरणमा पक्राउ गरिएको हो ।

पक्राउ परेका पूर्व आइजीपी अल मामुनलाई सोमबार बिहान १० बजे ढाकाको महानगरीय मजिस्ट्रेट अदालतमा पेश गरिएको थियो । त्यसपछि मुद्दाका अनुसन्धान अधिकृत अब्दुर रहमान भुइँयाले उनलाई पक्राउ गर्न निवेदन दिएका थिए । तर, मामुनका वकिलहरूले पक्राउको विरोध गरेका छन् । 

सुनुवाइ पछि ढाका महानगरपालिका मजिस्ट्रेट मासुमा रहमानले चौधरी अब्दुल्लाह अल मामुनलाई गिरफ्तार गरेको देखाउनको लागि निवेदन स्वीकार गरेका थिए । उत्तरा पश्चिम प्रहरी थानाका जनरल रेकर्डिङ अफिसर अतिकुर रहमान खानले अदालतमा सो जानकारीको पुष्टि गरेका हुन् ।

उनले भने, ‘डिसेम्बर ३० मा चौधरी अब्दुल्ला अल मामुन, ढाका उत्तरी सहर निगमका पूर्व मेयर अतीकुल इस्लाम र वकिल रोबिनलाई यस मुद्दामा पक्राउका अनुमतिका लागि निवेदन दायर गरिएको थियो तर त्यो दिन चौधरी अब्दुल्ला अल मामुन भेटिएनन् । अदालतमा उपस्थित अन्य दुईलाई सुनुवाइपछि पक्राउ गरिएको र चौधरी अब्दुल्लाह अल मामुनको सम्बन्धमा आजको मिति तोकिएको हो ।’

 सब्बीर हुसेन राजधानीको बायोबिड कम्पनीमा अफिस असिस्टेन्टका रूपमा कार्यरत थिए । विद्यार्थी आन्दोलनका क्रममा उनी गत जुलाइ १८ मा  राजुक बजारको दक्षिणी भागमा रहेको उत्तरा पश्चिम प्रहरी थानाको सेक्टर ७ रवीन्द्र सरानीमा शान्तिपूर्ण विरोध जुलुसमा सामेल भएका थिए । र्‍यालीमा विद्यार्थी, नागरिक र विभिन्न पेशाका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

त्यसबेला अवामी लिग, युवा लिग र छात्र लिगका सदस्यले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको बताइएका थिए । सो क्रममा सब्बीरको घाँटीमा गोली लागेको छ ।

लगत्तै २६ वर्षीय अबरार हनिफले उनलाई उत्तरा क्रिसेन्ट अस्पताल पुर्‍याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि सब्बीरका बुबाले सेप्टेम्बर १९ मा उत्तरा पश्चिम प्रहरी चौकीमा उजुरी दिएका थिए । -न्युजकारखाना

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ०४ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना