सागसब्जी फलाएर जीविकोपार्जन गर्दै बागलुङका किसान | Khabarhub Khabarhub

सागसब्जी फलाएर जीविकोपार्जन गर्दै बागलुङका किसान


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुने खानेहरू सहर बजार झरेपछि गाउँमा अहिले न्यून आएका भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी गर्नाका साथै जीविका चलाउँदै आएका छन् । गाउँका झन्डै एक सय घरपरिवार तरकारीखेतीमा आबद्ध छन् । 

उनीहरूलाई स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले प्राविधिकसहित तालिमको सहयोग र अनुदानसमेत दिने गरेका छन् । लेखानी गाउँको टोल–टोलमा प्लास्टिकका टनेल भेटिन्छन् । छरिएर रहेको गाउँमा किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएपछि उनीहरूको जीवनस्तरमा पनि सुधार आउन थालेको छ । 

गत वर्ष गाजा फाउन्डेसनले ५० परिवारलाई तरकारीखेती गर्ने तालिम र अनुदान दिएको थियो । त्यसपछि गाउँमा तरकारीखेती गर्नेको लर्को लाग्न थालेको छ । तरकारी बेचेरै यहाँका धेरैले दैनिकी चलाउने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको तरकारी बागलुङमा खपत हुने गरेको छ । पहिले कोदो, मकै, फल्ने बारीमा अहिले लटरम्म गोलभेँडा, बन्दा, काउली र साग उब्जिरहेका छन् । 

गत वर्ष असारमा दिइएको तरकारीखेतीसम्बन्धी तालिमले किसानलाई व्यावसायिक बन्न प्रेरित गरिरहेको छ । तरकारीखेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय पम्पी कँडेलले बताए । तरकारी बेच्न थालेपछि परिवारको खर्च चलाउन सहज भन्दै गएको उनको भनाइ छ ।

‘गाउँ छोड्दै बजार झर्ने धेरै छ, गाउँमा सम्भावना केही छैन भन्छन्, अहिले हामीहरूले यहाँ धेरै सम्भावना देखेका छौँ, हामीहरूसँग सामान्य तरकारीखेती गर्ने सीप पनि रैनछ, त्यही भएर बजार झर्दा रैछौँ,’ उनले भने, ‘अहिले गाउँका अधिकांशले टनेल हालेर तरकारीखेती गर्न थालेका छौँ, धेरै तरकारी लगाउनेले लाखौँ आम्दानी गर्छन्, हामीहरूले एक सरो लगाउन र बिहान–बेलुकाको छाक टार्न अरूको मुख ताक्नुपर्ने अवस्था छैन ।’

पहिले परम्परागत रूपमा तरकारीखेती गर्दा उत्पादन बढाउन नसकेको भन्दै अहिले वार्षिक पाँच लाख रुपैयाँ बढीको तरकारी बिक्री गर्ने गरेको स्थानीय लिलाधर कँडेलले बताए । आफूले एक दशकदेखि नै तरकारीखेती गर्दै आएको सुनाउँदै गत वर्षदेखि खेतीलाई थप विस्तार गरेको उनको भनाइ छ । पहिले गाउँमा तरकारी बेच्ने चलन नभएको सुनाउँदै पछिल्लो समय किसानहरू व्यावसायिक बन्दै गएको कँडेलले बताए ।

उनले भने, ‘हामी किसानका लागि तालिम, प्राविधिक र बीउ नभई हुँदैन, विभिन्न सङ्घसंस्थाहरूले सहयोग गर्नुभएको छ, व्यावसायिक बन्न सिकियो, पहिला पहिला हाम्रा बाउबाजेका पालामा तरकारी पनि बेच्छन् भन्थे, अहिले त्यही तरकारीले परिवार चलेको छ, बजारका लागि धेरै समस्या छैन, कहिलेकाहीँ भने अनुसारको बजार नपाउँदा दुःख लाग्छ ।’

नेपाल गाजा डेपलभमेन्ट फाउन्डेसनकी सामाजिक परिचालिका यमुना बस्यालले लेखानीका किसानले तरकारीखेती सम्बन्धी तालिम लिएपछि व्यावसायिक रूपमा लाग्ने महिलाहरू बढेको बताइन् । फाउन्डेसनले किसानलाई तालिमसहित टनेल, बीउ र कृषिसम्बन्धी अन्य उपकरण उपलब्ध गराएको उनको भनाइ छ । 

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : २० बजे

सभामुख घिमिरे दलका प्रमुख र मुख्य सचेतकसँग छलफलमा

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख तथा मुख्य

गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती

गोरखा– शहीद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा

वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम

अछाममा गोठालो गएका दुई किशोरी मृत फेला

काठमाडौं– अछाममा बाख्रा चराउन जङ्गल गएका दुई किशोरी मृत फेला

नेपाल–चीन सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा संयुक्त अनुगमन

हुम्ला– नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त