नेपाली भूमि भारतीयले भोगचलन गरेको विषय कूटनीतिक तवरबाट समाधान गर्छौं : गृहमन्त्री « Khabarhub

नेपाली भूमि भारतीयले भोगचलन गरेको विषय कूटनीतिक तवरबाट समाधान गर्छौं : गृहमन्त्री


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।  

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री लेखकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।

यस विषयमा सरकार जानकार रहेको भन्दै कूटनीतिक तवरले समस्या समाधान गर्ने उनले बताए । 

मन्त्री लेखकले सीमाको विवाद नरहेकाले दुई वटै देशको सहमतिमा सीमा पिलर राख्नका लागि छलफल भइरहेको जानकारी दिए ।

त्यस्तै उनले जाजरकोटलगायत विभिन्न स्थानमा भूकम्पपीडितका साथै बाढी पहिरो पीडितको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै तीव्र रूपमा पुन निर्माणको काम भइरहेको बताए । 

उनले पुन निर्माणको बाँकी कामलाई अघि बढाउन र राहत उपलब्ध गराउन क्षतिको विस्तृत लेखाजोखा गर्नका लागि मापदण्ड पारितसमेत गरिएको उल्लेख गरे । 

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ५३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको