सहकारी ठगी प्रकरण : कानूनविद् शम्भु थापा र गणेश भट्टराईले के भने ? « Khabarhub

सहकारी ठगी प्रकरण : कानूनविद् शम्भु थापा र गणेश भट्टराईले के भने ?


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

पोखरा– हिउँदको न्यानो घामसँगै यतिबेला पर्यटकीय नगरी पोखरामा काठमाडौंमा घघडान वकिलहरु जम्मा भएका छन् । सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशी लगायतका ‘भीआइपी’ अभियुक्तहरुको थुनछेक बहस भइरहेकाले काठमाडौंबाट कानूनविदहरु पोखरा ओर्लने क्रम बढेको हो ।

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा वकिलहरुले बहस सुरु गरेका छन् । रविको पक्षमा बहसका लागि नाम टिपाउने कानून व्यवसायीहरुको सूची निकै नै लामो छ ।

यसैवीच, आइतबार कास्की जिल्ला अदालतमा चर्चित बरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिवादी छविलाल जोशीको पक्षमा वकालत गरे । बहसका क्रममा थापाले केही सैद्धान्तिक एवं कानूनी प्रश्नहरु उठाए ।

प्रहरीले जीबी राई, छवि ओझा, रवि लामिछानेहरुमाथि कारवाही चलाइरहँदा बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालकहरुलाई पनि जवाफहेदी बनाउनुपर्ने थापाको भनाइ थियो । गलत तरिकाले ऋण प्रवाह गरेको हो भने सहकारीका सञ्चालकहरु पनि दोषी हुनुपर्ने थापाको आशय थियो ।

अन्यथा प्रतिवादीहरुको सहकारीमा संलग्नता थियो कि थिएन भन्ने कुरा तत्काल प्राप्त प्रमाणहरु हेरिनुपर्ने थापाले बहसका क्रममा बताए ।

त्यसैगरी सहकारीको ऋण लिएर नतिर्ने अरु व्यक्तिहरुमाथि पनि अनुसन्धान गरी ऋण तिर्न लगाउनुपर्ने उनले बताए । थापाले बहसका क्रममा भने,‘ऋण तिर्ने दायित्व सञ्चालकको मात्रै होइन, ऋणीको पनि हो ।’

सहकारीबाट ऋण लिने र नतिर्ने अनि वचत फिर्ता भएन भनेर जाहेरी दिने काम उचित नभएको थापाको जिकिर थियो । यसमा ऋण दिने निर्णय गर्ने सकारीका सञ्चालकहरु पनि जिम्मेवार हुनुपर्ने उनले बताए ।

कम्पनीको लेखा परीक्षण प्रतिवेदनलाई उल्लेख गर्दै बरिष्ठ अधिवक्ता थापाले ग्यालेक्सी टेलिभिजनमा अहिले पनि ४४ करोड बराबरको सामग्री थन्किएर रहेको बताए । सहकारीको बचत कता गयो भनिरहँदा त्यो सम्पत्तिको गणना हुनुपर्ने उनको आशय थियो ।

त्यसैगरी ग्यालेक्सीका तर्फबाट जीवी र टविहरुको कम्पनीले दुई वर्षमा पत्रकार र कर्मचारीहरुलाई १९ करोड रुपैयाँ तलब खुवाएको प्रशंग पनि थापाले उधृत गरे ।

लीलाका नाममा १८ करोडको क्रिप्टो !

आइतबार प्रतिवादी लीला पछाईंका तर्फबाट बहस गर्दै अधिवक्ता गणेश भट्टराईले जीबी राईको स्वकीय कर्मचारी भएकै आधारमा पछाईंमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउन नमिल्ने जिकिर गरे । लीला हाल थुनामा रहेकी छिन् ।

लीलाको खातामा ४ वटा सहकारीबाट रकम आएको तर, यो कुरा खातावालाई थाहै नभएको हुनाले यसमा पछाईंलाई दोषी भन्न नमिल्ने अधिवक्ता भट्टराईको तर्क थियो ।

आफूले जीवी राईको सचिवालयमा कर्मचारीका रुपमा मात्रै काम गरे, आफ्नो नानमबाट जीवीले करिब १८ करोडको १८ करोडको क्रिप्टो कारोबार गरेको तर, आफूलाई त्यसबारे थाहा नभएको लीलाले प्रहरीसमक्ष वयान दिएको सन्दर्भ पनि भट्टराईले बहसका क्रममा उल्लेख गरे ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ४ : ३९ बजे

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक