बीपी कांग्रेसका संस्थापक सभापति र महासचिवसहित १२ जना कांग्रेसतिर | Khabarhub Khabarhub

बीपी कांग्रेसका संस्थापक सभापति र महासचिवसहित १२ जना कांग्रेसतिर


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस (बीपी)का संस्थापक सभापति हरिबोल भट्टराईसहित १२ जना नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस बीपीका संस्थापक सभापति भट्टराई र संस्थापक महामन्त्री पुष्पराज पराजुलीसहित कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरूसँगै कांग्रेस प्रवेश गर्नेमा कांग्रेस बीपीका वरिष्ठ उपसभापति गोविन्द शर्मा पौडेल, उपसभापतिहरू विष्णुप्रसाद ढकाल, गोविन्दराम परियार र भरतराज शर्मा पनि छन् ।

यस्तै कांग्रेस बीपीका महामन्त्री भक्तराज भुसाल, सह-महामन्त्री ऋषव भट्टराई, प्रवक्ता शिवप्रसाद सिम्खडा, केन्द्रीय सदस्यहरू यमबहादुर आले, अञ्जान लामा र केशव ढुंगाना पनि कांग्रेस प्रवेश गरेका छन् ।

लामा नेविसंघ (बीपी)का अध्यक्षसमेत हुन् । उनीहरू सबैलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार निजी निवास बूढानीलकण्ठमा स्वागत गरेका हुन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ०३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग