बीपी कांग्रेसका संस्थापक सभापति र महासचिवसहित १२ जना कांग्रेसतिर « Khabarhub

बीपी कांग्रेसका संस्थापक सभापति र महासचिवसहित १२ जना कांग्रेसतिर


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस (बीपी)का संस्थापक सभापति हरिबोल भट्टराईसहित १२ जना नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस बीपीका संस्थापक सभापति भट्टराई र संस्थापक महामन्त्री पुष्पराज पराजुलीसहित कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरूसँगै कांग्रेस प्रवेश गर्नेमा कांग्रेस बीपीका वरिष्ठ उपसभापति गोविन्द शर्मा पौडेल, उपसभापतिहरू विष्णुप्रसाद ढकाल, गोविन्दराम परियार र भरतराज शर्मा पनि छन् ।

यस्तै कांग्रेस बीपीका महामन्त्री भक्तराज भुसाल, सह-महामन्त्री ऋषव भट्टराई, प्रवक्ता शिवप्रसाद सिम्खडा, केन्द्रीय सदस्यहरू यमबहादुर आले, अञ्जान लामा र केशव ढुंगाना पनि कांग्रेस प्रवेश गरेका छन् ।

लामा नेविसंघ (बीपी)का अध्यक्षसमेत हुन् । उनीहरू सबैलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार निजी निवास बूढानीलकण्ठमा स्वागत गरेका हुन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ०३ बजे

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको