एमाले प्रवेश गरेका चेपाङले दिए ओलीसहितलाई ‘जाबी’ उपहार « Khabarhub

एमाले प्रवेश गरेका चेपाङले दिए ओलीसहितलाई ‘जाबी’ उपहार


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेमा प्रवेश गरेका संविधानसभा सदस्य गोविन्दराम चेपाङले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितलाई जाबी (झोला) उपहार दिएका छन् ।

नेकपा एकीकृत समाजवादी परित्याग गर्दै एमाले प्रवेश गरेका संविधानसभा सदस्य चेपाङले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव शंकर पोखरेललाई जाबी उपहार दिएका हुन् ।

जाबी भनेको काखीमुनि लर्किने गरी कुममा भिरिने जालीदार झोला हो । यसलाई खास गरी चेपाङ समुदायले चरा, माछा आदि राख्न प्रयोग गर्छन् ।

एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको भूमिकामा रहेका चेपाङलाई अध्यक्ष ओलीले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकका क्रममा सोमबार पार्टी प्रवेश गराएका थिए ।

मकवानपुर निवासी चेपाङ एकीकृत समाजवादीमा केन्द्रीय सदस्यसँगै पार्टीको आदिवासी जनजाति फाँटका सहइञ्चार्जको समेत भूमिकामा थिए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ११ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले