भारतबाट हुने कफीको निर्यात बढ्यो  « Khabarhub

भारतबाट हुने कफीको निर्यात बढ्यो 


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट हुने कफी निर्यात ह्वात्तै बढेको छ । यस वर्षको अप्रिलदेखि नोभेम्बर महिनाको अवधिमा भारतले १ अर्ब १४ करोड ६९ लाख डलर बराबरको कफी निर्यात गरेको छ ।

सेन्टर फर मोनिटरिङ इण्डियन इकोनोमीको तथ्यांकअनुसार वर्ष सन् २०२३/२४ मा भारतीय कफी निर्यात १२ प्रतिशतले बढेर १ अर्ब २८ करोड डलर पुगेको छ । सन् २०२२–२३ मा भारतले १ अर्ब २८ करोड डलर बराबरको कफी निर्यात गरेको थियो ।

कफीको मूल्यमा वृद्धि भएसँगै भारतीय निर्यात बढेको जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमा माग धेरै भएकाले कफीको मूल्यमा पनि वृद्धि भएको हो ।

नकारात्मक मौसमी प्रभाव र भूराजनीतिक चुनौतीका कारण पनि कफीको मूल्य बढेको जनाइएको छ । भारतले खासगरी टर्की, संयुक्त अरब इमिरेट्स, इटाली र रुसजस्ता देशमा कफी निर्यात गर्दै आएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ३३ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना