भारतबाट हुने कफीको निर्यात बढ्यो  « Khabarhub

भारतबाट हुने कफीको निर्यात बढ्यो 


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट हुने कफी निर्यात ह्वात्तै बढेको छ । यस वर्षको अप्रिलदेखि नोभेम्बर महिनाको अवधिमा भारतले १ अर्ब १४ करोड ६९ लाख डलर बराबरको कफी निर्यात गरेको छ ।

सेन्टर फर मोनिटरिङ इण्डियन इकोनोमीको तथ्यांकअनुसार वर्ष सन् २०२३/२४ मा भारतीय कफी निर्यात १२ प्रतिशतले बढेर १ अर्ब २८ करोड डलर पुगेको छ । सन् २०२२–२३ मा भारतले १ अर्ब २८ करोड डलर बराबरको कफी निर्यात गरेको थियो ।

कफीको मूल्यमा वृद्धि भएसँगै भारतीय निर्यात बढेको जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमा माग धेरै भएकाले कफीको मूल्यमा पनि वृद्धि भएको हो ।

नकारात्मक मौसमी प्रभाव र भूराजनीतिक चुनौतीका कारण पनि कफीको मूल्य बढेको जनाइएको छ । भारतले खासगरी टर्की, संयुक्त अरब इमिरेट्स, इटाली र रुसजस्ता देशमा कफी निर्यात गर्दै आएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ३३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको