एमाले छाड्नेहरूको गुनासो- पूर्वमाओवादी भन्दै हेपे, गुटबन्दी गरेर तलसम्मै घेरे | Khabarhub Khabarhub

एमाले छाड्नेहरूको गुनासो- पूर्वमाओवादी भन्दै हेपे, गुटबन्दी गरेर तलसम्मै घेरे

एमाले नेताको तर्क- व्यक्तिगत असन्तुष्टिले पार्टीलाई बदनाम गर्न मिल्दैन


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एमालेमा बस्ने वातावरण नदिएको आरोपसहित कैलालीमा चार दर्जन संगठित सदस्यले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् ।

सामूहिक रुपमा राजीनमा पत्र दिएर एमालेमा बस्न नसकिने निष्कर्षसहित उनीहरूले संगठित सदस्यता त्यागेको घोषणा गरेका छन् । संगठित सदस्यता त्याग्नेजति सबै पुरानै पार्टी नेकपा माओवादीमा फर्किएका छन् ।

संगठित सदस्यता त्याग्ने सबैजना पूर्व माओवादी पृष्ठभूमिका हुन् । केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसँगै उनीहरू एमालेमा बसेका थिए ।

एमालेभित्रै पूर्वमाओवादीजतिलाई अवसरबाट वञ्चित गर्ने, स्थान नदिने गरेको आरोप उनीहरूको छ । एमाले भएर बस्दा आफूहरू पटकपटक अपमानित हुनुपरेको उनीहरूले गुनासो गरेका छन्।

कैलालीको गोदावरी नगरपालिका–२ का नगर कमिटी सदस्य लगायत ४६ जना संगठित सदस्यहरुले वडा कमिटी अध्यक्षसमक्ष सामूहिक राजीनामासमेत दिएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर पनि बीचमा विभाजन भएको थियो । विभाजनका बेला राजीनामा दिनेहरूले आफ्ना नेता लेखराज भट्ट भएको भन्दै एमाले रोजेका थिए ।

तर अहिले नेतृत्वलेसमेत आफूहरूलाई संरक्षण नगरेको, अपमानबारे नबोलिदिएको र पूर्वमाओवादी भन्दै हेप्ने गरेको गुनासो उनीहरूको छ ।

पूर्वमाओवादी खेमाबाट एमाले बनेका नेताहरूविरुद्ध वडा र टोल तहसम्मै गुटबन्दी गरेर घेराबन्दी गर्न थालिएपछि पुरानै पार्टीमा फर्किने निधो गरेको उनीहरूले राजीनामा पत्रमा खेलेका छन् ।

ती संगठित सदस्यहरूले पुनःमाओवादीमै फर्किने बताएका छन् । उनीहरूले तत्कालीन माओवादीको जनयुद्धलाई कसैले इन्कार गर्न नसक्ने बताउँदै अहिलेको गणतन्त्र, संघीयता, समावेशिता सबै त्यसकै जगमा आएको स्मरण गराएका छन् ।

के भन्छन् एमाले नेता ?

यता एमाले गोदावरी नगर कमिटीले प्रचार गरिएजस्तो नभएको बताएको छ । नगर कमिटी अध्यक्ष सन्तोष सिंहले २ जनाले असन्तुष्टि राखेकोमा अन्यलाई पनि सँगै नाम राखेर हस्ताक्षर गराएकोले आरोप गलत भएको बताए । उनले पार्टी छोडेर कोही कतै नगएको दाबी गरे ।

‘एकजना नगर कमिटी सदस्यले आफ्नो श्रीमान्श्रीमतीको असन्तुष्टिलाई लिएर गुनासो गरे पनि नेतृत्व र पार्टीलाई अनावश्यक आरोप लगाएर कसैले पनि पार्टी छोड्दैनन्’, उनले भने, ‘केही समयमै अर्को विज्ञप्ति आउने छ ।’

एकता प्रक्रियामा आएकाहरूलाई पार्टीले स्थान नदिएको, अपमान गरेको भन्ने तर्क नै झुटो भएको भन्दै प्रदेश इन्चार्ज लेखराज रहेको स्मरण गर्न सिंहले आग्रह गरेका छन् ।

नाम उल्लेख भएका केहीले थाहै नदिई हस्ताक्षर गरिदिएको आरोप लगाएका छन् । एमाले नगर कमिटीले पार्टीको बदनाम गराउने नियतसहित विज्ञप्ति निकालिएको भन्दै आपत्ति जनाएको छ ।

व्यक्तिगत स्वार्थलाई लिएर अनावश्यक एमालेमाथि प्रहार गर्न खोजिएको निष्कर्ष नगर कमिटीको छ । गोदावरी नगरपालिका–२ कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ ।

उक्त क्षेत्रबाट प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका थिए । बलायरले निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गरेका थिए । पूर्वमाओवादी नेता भट्ट नेकपा विभाजन हुँदा एमोलेमै बसे । भट्ट हाल नेकपा एमालेको केन्द्रीय सचिव र सुदूरपश्चिम इन्चार्जसमेत छन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ४० बजे

एमालेले आज युवा महोत्सव गर्दै, एक लाख युवा सहभागि हुने दाबी

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ । लोकतन्त्र

गेटाफेविरुद्ध रियल म्याड्रिड विजयी

काठमाडौं – स्पेनिस ला लिगामा रियल म्याड्रिडले गेटाफेलाई १-० ले

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं– आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी

आईपीएलमा ‘क्याच मिस’ को पीडा

उत्कृष्ट क्याचले विश्व क्रिकेटमा उपाधि उचालेका थुप्रै उदाहरण छन्। सन्