सप्तरी प्रहरीद्वारा तीन महिनामा एक सय ९२ जना फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

सप्तरी प्रहरीद्वारा तीन महिनामा एक सय ९२ जना फरार प्रतिवादी पक्राउ


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सप्तरी– पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले एक सय ९२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै गत असोज १७ देखि यही पुस २२ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।

फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूबाट ३३ वर्ष ११ महिना सात दिन कैद तथा पाँच लाख ९९ हजार रुपैयाँ जरिवाना भुक्तान गराउन अदालतलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए  । 

यसैगरी, एक सय २१ जनाको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए  । यस अवधिमा भन्सार छली गरी ल्याउँदै गरेको  ७० लाख ७२ हजार रुपैयाँ बराबरको समान तथा उक्त कार्यमा संलग्न आठ जनालाई भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सो अवधिमा प्रहरीले दुई टन ६४ किलो गाँजा बरामद गर्नुका साथै सात जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए । 

यस्तै लागूऔषध कारोबारमा संलग्न तीन जनालाईसमेत पक्राउ गरिएको छ । यस अवधिमा एक सय ८५ सवारीसाधन दुर्घटना भएकामा सात जनाको मृत्यु तथा तीन सय ८४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ४४ बजे

नेपाल–चीन सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा संयुक्त अनुगमन

हुम्ला– नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त

कोइलाबास भन्सारमा राजस्व संकलन घट्यो

दाङ– दाङको कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ ।

रास्वपा संसदीय दलको बैठक बुधबारका लागि आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)ले संसदीय दलको बैठक आह्वान गरेको

सरस्वती पूजाका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

महोत्तरी– सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरूले धमाधम

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान

काभ्रे– यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा