पाकिस्तानमा भएको आतंककारी आक्रमणमा दुई जनाको मृत्यु, एक घाइते | Khabarhub Khabarhub

पाकिस्तानमा भएको आतंककारी आक्रमणमा दुई जनाको मृत्यु, एक घाइते


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षाका दृष्टिले सन् २०२४ पाकिस्तानका लागि सुखद् रहेन । अहिले सन् २०२५ को शुरु भइसकेको छ । 

यो वर्ष पनि पाकिस्तानमा सुरक्षा चुनौती बढ्ने देखिएको छ । दक्षिणी वजिरिस्तानको डेरा इस्माइल खाँ क्षेत्रमा भएको आक्रमणमा एक जना प्रहरी र एक जना भन्सार अधिकारी गरी दुई जनाले ज्यान गुमाएका छन् ।

आक्रमणमा अर्का एक जना प्रहरी पनि घाइते भएका छन् । मारिनेमा अस्मत उल्लाह नाम गरेका प्रहरी हवल्दार र अब्दुल्लाह नाम गरेका भन्सार कर्मचारी रहेको तथा परभेज नाम गरेका प्रहरी हवल्दार घाइते भएको जनाइएको छ ।

प्रहरीका अनुसार अज्ञात बन्दुकधारीले डरबानस्थित प्रहरी सुरक्षा चौकीलाई लक्षित गरी आधुनिक हतियारले आक्रमण गरेका थिए । 

आक्रमणलगत्तै प्रहरी घटनास्थल पुगेका भए पनि हतियारधारी आक्रमणकारी भने फरार भएका थिए । प्रहरीले उनीहरूको खोजी गरिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ४९ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ