सबैभन्दा धेरै सुन भारतीय महिलासँग « Khabarhub

सबैभन्दा धेरै सुन भारतीय महिलासँग


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सम्पत्ति जोड्नसँगै गरगहनाका लागि पनि सुनको प्रयोग हुन्छ । अझ दक्षिण एशियाका अझ खासगरी भारतीय महिलाहरू त सुनका गहना भनेपछि हुरुक्कै हुन्छन् ।

भारतीय महिलासँग कति सुन छन् भन्नेबारे एउटा रोचक जानकारी सार्वजनिक भएको छ । विश्व सुन परिषद्ले सार्वजनिक गरेको नयाँ जानकारीअनुसार भारतीय महिलाहरूसँग कुल २४ हजार टन सुन छ । यो भनेको विश्वमा भएका कुल सुनमध्ये ११ प्रतिशत हो ।

यो विश्वमा सबैभन्दा धेरै सुनको मौज्दात भएका ५ देशको जम्मा सुनभन्दा पनि धेरै हो । परिषद्का अनुसार हाल अमेरिकासँग सबैभन्दा धेरै ८ हजार टन सुन रहेको छ । दोस्रोमा जर्मनीसँग ३ हजार ३ सय टन छ भने तेस्रोमा इटालीसँग २ हजार ४ सय ५० टन, चौथो फ्रान्ससँग २ हजार ४ सय टन र रुससँग १ हजार ९ सय टन सुन मौज्दात रहेको छ ।

भारतीय कानुनमा विवाहित महिलाले ५ सय ग्राम सुन राख्न कुनै कर तिर्नुपर्दैन । त्यसैगरी, अविवाहित महिलाले २ सय ५० ग्राम सुन राख्दा कर तिर्नु पर्दैन । पुरुषले भने १ सय ग्रामभन्दा धेरै सुन राख्दा कर तिर्नुपर्छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ०४ बजे

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

काठमाडौँ – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१ को

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६