सबैभन्दा धेरै सुन भारतीय महिलासँग « Khabarhub

सबैभन्दा धेरै सुन भारतीय महिलासँग


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सम्पत्ति जोड्नसँगै गरगहनाका लागि पनि सुनको प्रयोग हुन्छ । अझ दक्षिण एशियाका अझ खासगरी भारतीय महिलाहरू त सुनका गहना भनेपछि हुरुक्कै हुन्छन् ।

भारतीय महिलासँग कति सुन छन् भन्नेबारे एउटा रोचक जानकारी सार्वजनिक भएको छ । विश्व सुन परिषद्ले सार्वजनिक गरेको नयाँ जानकारीअनुसार भारतीय महिलाहरूसँग कुल २४ हजार टन सुन छ । यो भनेको विश्वमा भएका कुल सुनमध्ये ११ प्रतिशत हो ।

यो विश्वमा सबैभन्दा धेरै सुनको मौज्दात भएका ५ देशको जम्मा सुनभन्दा पनि धेरै हो । परिषद्का अनुसार हाल अमेरिकासँग सबैभन्दा धेरै ८ हजार टन सुन रहेको छ । दोस्रोमा जर्मनीसँग ३ हजार ३ सय टन छ भने तेस्रोमा इटालीसँग २ हजार ४ सय ५० टन, चौथो फ्रान्ससँग २ हजार ४ सय टन र रुससँग १ हजार ९ सय टन सुन मौज्दात रहेको छ ।

भारतीय कानुनमा विवाहित महिलाले ५ सय ग्राम सुन राख्न कुनै कर तिर्नुपर्दैन । त्यसैगरी, अविवाहित महिलाले २ सय ५० ग्राम सुन राख्दा कर तिर्नु पर्दैन । पुरुषले भने १ सय ग्रामभन्दा धेरै सुन राख्दा कर तिर्नुपर्छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ०४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको