नक्कली इन्सपेक्टर बनेर ठगीमा संलग्न समातिए « Khabarhub

नक्कली इन्सपेक्टर बनेर ठगीमा संलग्न समातिए


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले नक्कली इन्सपेक्टर बनेर ठगी कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाकको दुरुपयोग गरी नक्कली प्रहरी परिचय पत्र बोकेर ठगी धन्दामा संलग्न सुदीप थापालाई कागेश्वरी मनोहरा नगरपालिका– ७ थापाचोकबाट पक्राउ गरेको हो । 

उनी विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटोसमेत खिचेर विभिन्न उच्च पदस्थ व्यक्तिसँग सम्पर्क रहेको भन्दै ठगी धन्दामा संलग्न रहेको प्रहरीको दाबी छ ।

उनले प्रलोभनमा पारी वैदेशिक रोजगारका लागि क्यानडा, अस्ट्रेलियालगायतका देशमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । 

प्रहरीका अनुसार प्रहरी निरीक्षकको परिचय पत्र किर्ते गरी बनाउने कार्यमा संलग्न काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक किशोरकुमार चौधरीलाई पनि पक्राउ गरेको छ । 

पक्राउ परेका दुवै जनाविरुद्ध ठगी तथा लिखत सम्बन्धी कसूर (किर्ते) मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : १४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार