नक्कली इन्सपेक्टर बनेर ठगीमा संलग्न समातिए « Khabarhub

नक्कली इन्सपेक्टर बनेर ठगीमा संलग्न समातिए


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले नक्कली इन्सपेक्टर बनेर ठगी कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाकको दुरुपयोग गरी नक्कली प्रहरी परिचय पत्र बोकेर ठगी धन्दामा संलग्न सुदीप थापालाई कागेश्वरी मनोहरा नगरपालिका– ७ थापाचोकबाट पक्राउ गरेको हो । 

उनी विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटोसमेत खिचेर विभिन्न उच्च पदस्थ व्यक्तिसँग सम्पर्क रहेको भन्दै ठगी धन्दामा संलग्न रहेको प्रहरीको दाबी छ ।

उनले प्रलोभनमा पारी वैदेशिक रोजगारका लागि क्यानडा, अस्ट्रेलियालगायतका देशमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । 

प्रहरीका अनुसार प्रहरी निरीक्षकको परिचय पत्र किर्ते गरी बनाउने कार्यमा संलग्न काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक किशोरकुमार चौधरीलाई पनि पक्राउ गरेको छ । 

पक्राउ परेका दुवै जनाविरुद्ध ठगी तथा लिखत सम्बन्धी कसूर (किर्ते) मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : १४ बजे

स्याङ्जामा धान उत्पादन बढ्यो

वालिङ– गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा