चीनको आर्थिक वृद्धिदर सुस्तायो « Khabarhub

चीनको आर्थिक वृद्धिदर सुस्तायो


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको आर्थिक वृद्धिदर घट्दै गएको पाइएको छ । कोरोना भाइरसको महामारीअघि चीनको आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहेकोमा अहिले घटेर ४.६ प्रतिशतमा खुम्चेको छ ।

चीनियाँ अर्थतन्त्रमा औद्योगिक क्षेत्रको उत्पादकत्व घटेकाले आर्थिक वृद्धिदरमा पनि आएको जनाइएको छ । अर्थशास्त्री पल क्रुगमान चीनले अनुत्पादक क्षेत्रमा लगानी गरेकाले औद्योगिक उत्पादकत्व घटेको बताउँछन् । उनका अनुसार चीनले घरजग्गाजस्तो अनुत्पादक क्षेत्रमा लगानीलाई बढाएकाले यस्तो अवस्था आएको हो ।

एशिया टाइम्सका अनुुसार आर्थिक वृद्धिदर घट्दा यसको प्रभाव चिनियाँ जनताको जीवन प्रत्यक्ष परिरहेको छ । जापान, दक्षिण कोरिया, ताइवानजस्ता अन्य एशियाली अर्थतन्त्र प्राविधिक शोध र उत्पादनमा लागेर उच्च आय भएका मुलुकमा स्तरोन्नति हुँदै गर्दा चिनियाँ अर्थतन्त्रमा भने थाइल्याण्डजस्तो मध्यम आय भएको मुलुककै शैलीमा आर्थिक वृद्धिदरमा कमी आएको छ ।

त्यसबाहेक उत्पादनशील जनसङ्ख्यामा गिरावट आएका कारण पनि चिनियाँ अर्थतन्त्र सुस्ताएको बताइन्छ । चीनमा सन् २०१० देखि उत्पादनशील जनसङ्ख्यामा कमी आउन थालेको हो । 

जनसङ्ख्या घट्दा एकातिर श्रम बजारमा प्रवेश गर्ने श्रमिकको सङ्ख्या घट्ने र अर्कोतर्फ आश्रित जनसङ्ख्या भने बढ्दै जाने हुँदा यसको असर चिनियाँ अर्थतन्त्रले खेप्नु परेको विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : २४ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि