चीनको आर्थिक वृद्धिदर सुस्तायो « Khabarhub

चीनको आर्थिक वृद्धिदर सुस्तायो


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको आर्थिक वृद्धिदर घट्दै गएको पाइएको छ । कोरोना भाइरसको महामारीअघि चीनको आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहेकोमा अहिले घटेर ४.६ प्रतिशतमा खुम्चेको छ ।

चीनियाँ अर्थतन्त्रमा औद्योगिक क्षेत्रको उत्पादकत्व घटेकाले आर्थिक वृद्धिदरमा पनि आएको जनाइएको छ । अर्थशास्त्री पल क्रुगमान चीनले अनुत्पादक क्षेत्रमा लगानी गरेकाले औद्योगिक उत्पादकत्व घटेको बताउँछन् । उनका अनुसार चीनले घरजग्गाजस्तो अनुत्पादक क्षेत्रमा लगानीलाई बढाएकाले यस्तो अवस्था आएको हो ।

एशिया टाइम्सका अनुुसार आर्थिक वृद्धिदर घट्दा यसको प्रभाव चिनियाँ जनताको जीवन प्रत्यक्ष परिरहेको छ । जापान, दक्षिण कोरिया, ताइवानजस्ता अन्य एशियाली अर्थतन्त्र प्राविधिक शोध र उत्पादनमा लागेर उच्च आय भएका मुलुकमा स्तरोन्नति हुँदै गर्दा चिनियाँ अर्थतन्त्रमा भने थाइल्याण्डजस्तो मध्यम आय भएको मुलुककै शैलीमा आर्थिक वृद्धिदरमा कमी आएको छ ।

त्यसबाहेक उत्पादनशील जनसङ्ख्यामा गिरावट आएका कारण पनि चिनियाँ अर्थतन्त्र सुस्ताएको बताइन्छ । चीनमा सन् २०१० देखि उत्पादनशील जनसङ्ख्यामा कमी आउन थालेको हो । 

जनसङ्ख्या घट्दा एकातिर श्रम बजारमा प्रवेश गर्ने श्रमिकको सङ्ख्या घट्ने र अर्कोतर्फ आश्रित जनसङ्ख्या भने बढ्दै जाने हुँदा यसको असर चिनियाँ अर्थतन्त्रले खेप्नु परेको विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : २४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको