माओवादीमा पारदर्शी जीवनशैली र उच्च नैतिकता भएका नेताको खोजी | Khabarhub Khabarhub

माओवादीमा पारदर्शी जीवनशैली र उच्च नैतिकता भएका नेताको खोजी


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नेताहरूको जीवनशैलीलाई लिएर बहस भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार भएको छलफलका क्रममा नेताहरूले नेतृत्वमा स्पष्ट विचार र राजनीतिक दृष्टिकोण खोजेका उपाध्यक्ष अग्नि सापकोटाले बताए।

‘स्पष्ट विचार र स्पष्ट राजनीतिक दृष्टिकोणको प्रष्टतासहित अगाडि बढ्नुपर्छ भन्ने सबैको भनाइ छ । हाम्रो जीवनशैली खुला पुस्तकको पाना जस्तो हुनपर्छ’, उनले बैठकमा उठेका कुराबारे भने, ‘नेताहरू पारदर्शी हुनुपर्छ । उच्च नैतिक चरित्र र सबैको विश्वास जित्ने खालको हुनुपर्छ भन्ने सबैको भनाइ आएको छ ।’

उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सबै नेता–कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने कुरा उठेको बताए । ‘कम्तीमा पनि महिनामा तीन दिन अध्यक्ष पनि श्रममा जोडिनपर्छ भन्ने छ’, उनले भने, ‘बोल्ने सबैले दण्डहीनताको अन्त्य गरिनुपर्छ भन्नु भएको छ ।’

उनले आइतबारको बैठकमा विभिन्न अभियान चलाउने तयारी गरिएको बताउँदै सोमबार काँठको अभियानको कुरा नेताहरूले उठाएको जानकारी दिए ।

‘अब पार्टीलाई सडक र सदनसँग जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनुपर्छ । सदन छिटोभन्दा छिटो आह्वान गर्न दबाब सिर्जना गर्नुपर्छ । अरु पार्टीसँग पनि कुरा गर्नुपर्छ भन्ने उठाउनु भएको छ’, सापकोटाले भने।

महाधिवेशनमा कसरी जाने भन्नेमा मत नमिलेको उनले बताए । ‘महाधिवेशनमा गर्नेमा सबैको सहमति छ । तर अभियानमा गएर या त्यसपछि मात्रै भन्नेमा अलमल छ । महाधिवेशनको मिति, कार्यतालिका अहिले नै तोकौँ भन्ने अधिकांशको भनाइ छ । कोहीले अहिले नै तोक्नु पर्छ भन्नु भएको छ। महाधिवेशनबारे मिश्रित कुरा आइरहेका छन्’, उनले भने ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : २५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग